मेलबोर्नमा सांगीतिक कार्यक्रम जात्राको भब्य रुपमा तयारी हुँदै

सुशील चालिसे /मेलबर्न

एस इभेन्टस एण्ड मल्टिमिडियाको आयोजनामा अष्ट्रेलियाको मेल्बर्नमा होली पर्वको अबसरमा सांगीतिक कार्यक्रम जात्रा हुन गईरहेको छ । सुमधुर गीत संगीतले भरिपूर्ण सांगीतिक कार्यक्रम जात्रा यहि आउदो मार्च ८ तारिख आइतबारका दिन The Paddock Fed – Square , Melbourne मा हुने भएको छ ।

सांगीतिक कार्यक्रम जात्रामा आजका चर्चित गायक नितेशजंग कुँवरको प्रमुख प्रस्तुति रहनुका साथै स्वदेशी तथा बिदेशी कलाकारहरुलाई गीत संगीतहरुको प्रस्तुति लागि आमन्त्रण पनि गरिएको छ ।

प्रत्येक दुई वर्षमा होली पर्वको अवसर पारी आयोजना हुदै आएको जात्रा कार्यक्रम सन् २०१२ देखि गर्दै आएको र आगामी बर्षमा पनि गर्दै जाने जात्रा कार्यक्रमका इभेन्ट कोअर्डिनेटर तथा एस इभेन्टस एण्ड मल्टिमिडियाका डाइरेक्टर सुनोद श्रेष्ठले बताउनुभयो ।

श्रेष्ठले होली रंगहरुका साथ् रमाइलो गर्दै मनाउने पर्ब भएकोले यसलाई अझ मनोरञ्जनात्मक बनाइ बिदेशीहरुलाई पनि आकर्षक गराउने तथा हाल नेपालले मनाउदै आएको भिजिट नेपाल २०२० को प्रचार प्रसार र प्रबर्धन गर्ने बताउनुभयो । नेपालका प्रमुख पर्यटकटीय स्थलबारे जानकारी गराउदै नेपाल भ्रमणका लागि आमन्त्रण पनि गरिने बताउनुभयो ।

जात्रामा सांगीतिक प्रस्तुतिका साथै सांस्कृतिक झाँकीको प्रस्तुति रहने, केटाकेटीहरुका लागि बिभिन्न स्टलहरुको ब्यबस्थाका साथै नेपाली खाना तथा बिभिन्न परिकारहरुका स्टलहरु रहने छन । यस कार्यक्रमको माध्यमबाट अष्ट्रेलियामा नेपाली कला, संस्कृति, गीत संगीतको प्रवर्धन गर्दै अन्तरास्ट्रीय स्तरमा एउटा छुटै पहिचान बनाउने अभियान रहेको श्रेष्ठले बताउनुभयो ।

यस अघि आयोजना भएका सांगीतिक कार्यक्रम जात्रामा चर्चित गायकहरु रामकृष्ण ढकाल, संजीव सिंह, प्रशान्त तामाङ लगायत स्याडोज ब्यान्डले आफ्नो सांगीतिक प्रस्तुति दिइसकेका छन् ।

फ्री इन्ट्रीको ब्यबस्था रहेको जात्रा कार्यक्रममा उपस्थित भई बिभिन्न नेपाली परिकारहरु, गीत संगीत तथा रंगहरुका साथ् मनोरंजन लिनका लागि जात्राका इभेन्ट कोअर्डिनेटर श्रेष्ठले मेलबोर्नमा बस्दै आएका सम्पूर्ण नेपाली लगायत बिदेशीहरुलाई आब्हान गरेका छन् ।


प्रकाशित | १८ फाल्गुन २०७६, आईतवार १०:३३