सूर्यविनायकले विपन्न घर परिवारको लगत संकलन गरी कम्तिमा १५ दिनका लागि खाद्य सामाग्री सहयोग गर्ने

भक्तपुर:  भक्तपुरको सूर्यविनायक नगरपालिकाले विपन्न घर परिवार तथा दैनिक ज्याला मजदुरी गर्नेको पहिचान गरी लक डाउन अवधिका लागि आवश्यक खाद्य सामाग्री उपलब्ध गराउने भएको छ ।

सूर्यविनायक नगर प्रमुख वासुदेव थापाको अध्यक्षता, पूर्व उद्योग मन्त्री तथा प्रतिनिधि सभाका सांसद महेश बस्नेत तथा वागमती प्रदेश सांसद शशी जङ्ग थापाको उपस्थितिमा बसेको बैठकले विपन्न घरपरिवार तथा मजदूरी गर्नेको पहिचान गरि कम्तिमा १५ दिनका लागि खाद्य सामाग्री उपलब्ध गराउने निर्णय गरेको हो ।

नेपाल सरकारले कोभिड १९ को संक्रमण रोकथामका लागि थप भएको लक डाउन अवधिमा आपूर्ति व्यवस्थालाई प्रभावकारी बनाउन वडा अध्यक्षको संयोजकत्वमा वडास्तरी आपूर्ति अनुगमन समिति गठन गर्ने निर्णय गर्दै वडास्तरीय आपूर्ति अनुगमन समितिले गरिवीको रेखामुनी रहेका विपन्न घर परिवार तथा दैनिक ज्याला मजदरी गर्नेहरुको लगत संकलन गर्ने, निजहरुका लागि नगरपालिका समक्ष घर परिवारको स्पष्ट ठेगाना र सम्र्पक नम्वर सहित लेखी पठाउने, नगरपालिकाले खाद्य सामाग्री उपलब्ध गराउन सहयोगी संघ सस्थाहरुको समेत परिचालन गरी खाद्य सामाग्री सहयोगका लागि आब्हान गर्ने भएको हो ।

नगरपालिकाका कार्यकारी अधिकृत कमल ज्ञवालीका अनुसार बैठकले वडास्तरमा प्रत्येक घर धुरीको लगत संकलन गरी आवश्यक पर्ने खाद्य सामाग्री तथा अति आवश्यक सामाग्रीहरुको परिमाणगत आवश्यकता पहिचान गर्ने, वडास्तरमा टोल तथा वस्तीमा रहेका खाद्य सामाग्रीहरुका पसलहरुको लगत संकलन गरी स्टकमा रहेको सामानहरुको लगत खडा गर्ने, पसलमा खाद्य सामाग्रीहरु नपुग भएमा वा अप्रयाप्त हुने अवस्था आएमा नगरपालिकामा प्रतिवेदन पेश गर्ने, सुरक्षा निकायको सहयोगमा खाद्य सामाग्रीहरु उपलब्ध गराउन आवश्यक समन्वय र सहयोग वडास्तरीय आपूर्ति अनुगमन समिति मार्फत गर्ने, खाद्य सामाग्रीका पसलहरुमा आवश्यक सुरक्षा सतर्कता र भिडभाड नहुने गरी निश्चित समयमा पसल खोली आवश्यक सामाग्रीहरु विक्री वितरण भए नभएको दैनिक अनुगमन गर्ने ब्यवस्था गर्ने निर्णय समेत गरेको छ ।

त्यस्तैगरि बैठकले विगत २ हप्ता भित्र नगर क्षेत्रमा विदेशबाट आएका नागरिकहरुको लगत संकलनलाई पूर्णता दिने र त्यस्ता ब्यक्तिहरुको घरमा नै उपस्थित भई स्वास्थ्य कर्मी र वडास्थित जनप्रतिनिधिको समुपस्थितिमा स्वास्थ्य चेक चाँज गर्ने ब्यवस्था मिलाउने, निजहरुलाई तोकिएको अवधिसम्म होम क्यारेन्टाइनमा वस्ने ब्यवस्था मिलाउने र सोको निरन्तर अनुगमन समेत गर्ने निर्णय गरेको छ ।

त्यस्तै, नगरस्तरीय विपद ब्यवस्थापन कोषलाई कोभिड १९ नियन्त्रणका लागि आवश्यकता अनुसार प्रयोग गर्ने र उक्त कोषमा प्रदेश तथा नेपाल सरकारबाट प्राप्त हुने सहयोग रकम समेत समावेश गर्ने, सुक्खा खोकी, उच्च ज्वरो र थकाई लाग्ने लक्षण देखिएमा आफ्नै घरमा आइसोलेसनमा बस्न वडागत रुपमा अनुरोध गर्ने, स्वास्थ्य अवस्था विग्रदो भएमा थप चेक जाँचका लागि नजिकको स्वास्थ्य संस्था वा वडा स्थित निर्वाचित जनप्रतिनिधिलाई तत्काल खवर गरी सहयोग लिने, नेपाल सरकारले थप अवधिका लागि घोषणा गरेको लक डाउनको पूर्ण पालना गराउन नगरपालिका र वडा समितिबाट ब्यापक प्रचार प्रसार गर्ने गराउने र विश्व महामारी कोडिभ १९ फैलिन नदिन सबैले सहयोगको लागि नगरवासीमा आब्हान गर्ने निर्णय पनि गरेको कार्यकारी अधिकृत ज्ञवालीले जानकारी गराउनुभएको छ । बैठकको निर्णय जस्ताको तस्तै:-

Image may contain: text

Image may contain: text

No photo description available.

No photo description available.

No photo description available.

No photo description available.

 

(कमल ज्ञवाली)
प्रमुख प्रशासकीय अधिकृत


प्रकाशित | १७ चैत्र २०७६, सोमबार १५:४९