अष्ट्रेलियाको मेलबोर्नमा नेपाली चलचित्र ‘मन त हो’ को च्यारिटी शो

मेलबोर्न: मेलबोर्नमा लामो समय देखि आफ्नो छुटै सामाजिक पहिचान बनाउन सफल समाजेवी गौतम लामिछानेको लेखन रहेको चलचित्र ‘मन त हो’ आज एक समारोहका बीच एस्कट भेल मेलबोर्नमा अबस्थित चर्च अफ साइनटोलोजी हलमा भब्य रुपमा सम्पन्न भयो । सामाजिक संस्था बिरुवा नेपालको सहयोगार्थ उक्त च्यारीटि शोमा मेलबोर्नमा सक्रिय बिभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधिहरु लगायत करिब १५० भन्दा बढी नेपालीहरुको उपस्थिति रहेको थियो ।

बिरुवा नेपालमा हाल २० जना बालबालिकाहरुले पठन पाठन लगायत लवाइ खुवाई र बसोबासको सुबिधा पाइरहेका छन् र यो क्रम बढ्दै जाने जानकारी दिनुहुदै उक्त शो कुनै नाफाका लागि नभई बिसुद्ध सामाजिक कार्यका लागि भएको समाजसेवी तथा बिरुवा नेपालका संस्थापक गौतम लामिछानेले बताउनु भएको थियो ।

नाम जतिकै मन छुने चलचित्र बनेको र देश बिदेशमा रहेर पनि आफ्नो मातृभूमिका लागि बिभिन्न माध्यमवाट आफुले सक्दो केहि गर्नु पर्छ भन्ने संदेश रहेको, अन्तरजातीय बिबाह, छुवाछुत प्रथाको अन्त्य, कुलत र कुसस्कारको अन्त्य लगायत विदेश पलायनले देशले भोग्नु परेका समस्याहरु, हिमाल पहाड र तराइ एकै ढिक्का मिले देशको बिकासमा जुट्न सफल हुने जस्ता संदेशहरु सम्प्रेषण गर्न चलचित्र सफल भएको उपस्थित दर्शकहरुले बताएका थिए साथमा चलचित्रमा भएका सम्बादहरुले दर्शकहरुलाई मार्मिक बनाउनुका साथै केहि दृश्यहरुमा रमाइलो अनुभब गराएको प्रस्ट देखिएको थियो । सुबाश लामिछानेको निर्देशन रहेको चलचित्रका गितहरु पनि उतिकै मन छुने खालको रहेको प्रतिक्रया उपस्थित दर्शकहरुले दिएका थिए ।

समाजसेवी रंजन बैधले आफ्नो मन्तब्य राख्नु हुदै चलचित्रका साथै गौतम लामिछानेको सामाजिक कार्य प्रतिको झुकाबको मुक्त कण्ठले प्रसँशा गर्दै सुभकामना ब्यक्त गर्नु भएको थियो । आफु पनि उहाको यो सामाजिक कार्य प्रति ऎक्यबदता जनाउदै सबैले आफ्नो तर्फवाट सक्दो सहयोग गर्नु पर्ने बताउनु भएको थियो । निरु उप्रेतीले संचालन गर्नुभएको कार्यक्रममा बिरुवा नेपालको यो महान कार्यमा सहयोग गर्न इक्छुक महानुभाबहरुले संस्थाको वेबसाइट मार्फत वा समाजसेवी गौतम लामिछानेलाइ सम्पर्क गरि सहयोग गर्न सक्नुहुने जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा उपस्थित सम्पूर्ण दर्शकहरुलाई बिरुवा नेपालका तर्फवाट संयुक्त रुपमा समाजसेवी द्वय गौतम लामिछाने र पद्मा पाण्डेले खुशी व्यक्त गर्दै मायाको चिनो प्रदान गर्नु भएको थियो । समाजसेवी पद्मा पाण्डेले धन्यबाद ज्ञापन गर्नु हुदै उपस्थित दर्शकहरुलाई खाजाको ब्यबस्था आज असार पन्ध्रको सुअबसरमा दहि चिउरा खुवाउन पाउदा निकै खुसि लागेको बताउनु भएको थियो ।


प्रकाशित | १६ असार २०७६, सोमबार ०८:१६