एनआरएनए डेनमार्कद्धारा समस्यामा परेका नेपाली विद्यार्थीलाई राहतस्वस्प खाद्यान्न सहयोग

डेनमार्क : गैर आवासीय नेपाली संघ (एनआरएनए ) डेनमार्कले कोरोना भाइरसका कारण समस्यामा परेका नेपाली विद्यार्थीलाई राहतस्वस्प खाद्यन्न सहयोग गरेको छ । डेनमार्कमा अध्ययनको शिलशिलामा आएका नवआगन्तुक नेपाली बिद्यार्थीहरुको सामान्य जनजीवनमा यस महामारीले निम्त्याएको आर्थिक तथा सामाजिक समस्याहरुलाई मध्यनजर गर्दै राहतस्वस्प खाद्यन्न सहयोग गरिएको हो ।

एनआरएनए डेनमार्कका अध्यक्ष रबिन्द्र खड्काको संयोजकत्वमा बसेको डेनमार्क स्थित सामाजिक तथा राजनैतिक संघ संस्थाहरुको सामुहिक बैठकले तय गरेको निर्णयको आधारमा एउटा राहत प्याकेज कार्यक्रमको घोषणा भएको थियो ।

उक्त योजनाहरुलाई प्रभावकारी ढंगबाट अघि बढाउनका लागि संयोजक खडकाले अपिल गर्नु भएको थियो। हाललाई आवश्यकतानुसार प्रत्येक विद्यार्थीलाई २ हप्ताका लागि खाद्यान्न उपलब्ध गराउने निर्णय अनुरुप अहिलेसम्म आज थप १० जना गरि ४५ जनालाई राहत प्याकेज वितरण गरिएको छ । आवश्यक परेमा फेरी पनि राहतका अन्य योजनाहरु अघि बढाइने अध्यक्ष खडकाले जानकारी गराउनुभयो ।

एनआरएनए डेनमार्कका अनुसार अहिलेको समयमा घरबाट बाहिर निस्कन निकै नै डरलाग्दो अवस्था रहेकाले यस्तो बिषम् परिस्थितिमा राहत प्याकेजहरु समस्यामा परेका भाई बहिनीहरु माझ पुर्याइनेछ ।

साथै, आगामी दिनमा समय अझै प्रतिकुल बन्दै गएमा सम्भब भए सम्म सुरक्षित तथा भरपर्दो तरिकाले राहत प्याकेज उपलब्ध गराइने समेत एनआरएनए डेनमार्कले जनाएको छ । एनआरएनएले अप्ठ्यारोमा परेका नेपालीलाई सहयोग गर्न तयार रहेको भन्दै आवश्यक परेको खण्डमा सम्पर्क गर्न समेत आग्रह गरेको छ ।


प्रकाशित | १५ चैत्र २०७६, शनिबार १९:५७