कोरोना संक्रमितको नमूना लिन गएको बिमान नेपालगञ्ज विमानस्थलमा चिप्लियो

काठमाडौं: काठमाडौंबाट गएको नेपाल एयरलाइन्सको विमान नेपालगञ्ज विमानस्थलमा दुर्घटनाबाट जोगिएको छ । कोरोना भाइरसको सम्भावित संक्रमितको नमुना लिन गएको विमान अवतरणका क्रममा समस्या आएर रनवे नजिकै चिप्लिएर घाँसे मैदानमा पुगेको हो । विमान अवरतण गर्ने बेलामा सिधै झाडिमा पुगेको थियो।

विमानले काठमाडौंबाट स्वास्थ्य सामाग्री लिएर गएको थियो। जहाजमा ५ जना थिए। जहाजमा रहेका सबै सकुसल रहेका छन् । अहिले उद्दार कार्य भइरहेको छ ।


प्रकाशित | १५ चैत्र २०७६, शनिबार १२:४८