कागेश्वरी मनोहराका मेयर कार्कीले गरे ‘मरणोपरान्त अंगदान’ को घोषणा, पवित्र कार्यमा सहभागि हुन नगरबासीलाई आग्रह

काठमाडौं: कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीले ‘मरणोपरान्त अंगदान’ को घोषणा गर्नु भएको छ । नेपाल रेडक्रस सोसाइटी कागेश्वरी मनोहरा उपशाखाको आयोजनामा भएको अंगदान घोषणा कार्यक्रममा मेयर कार्कीले जुनसुकै बिरामीलाई प्रत्यारोपण गर्ने गरी अंगदानको घोषणा गर्नु भएको हो ।

सो अवसरमा बोल्नुहुँदै मेयर कार्कीले अंगदान जीवनदान भएको र अंगदान गरेर पुण्य आर्जन गर्न सकिने बताउनुभयो । मेयर कार्कीले पुण्यको कार्यमा सहभागिता जनाउन इच्छुक नगरबासीलाई आग्रह समेत गर्नुभयो ।

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डाक्टर श्रेष्ठले नेपालमा १० बर्षको अवधिमा १ हजार ४१ जनाको सफल मृगौला प्रत्यारोपण र १० जनाको कलेजो प्रत्यारोपण भएको जानकारी गराउनु भएको थियो ।

‘स्वास्थ्य जीवन रक्तदान मरणोपरान्त अंग दान’ भन्ने मूल नाराका साथ भएको कार्यक्रमको ब्यबस्थापन कागेश्वरी मनोहरा नगरपालिकाले गरेको थियो भने प्राबिधिक सहयोग शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरले गरेको थियो ।

सो अवसरमा उपप्रमुख शान्ता थापासहित ६३ जना स्थानीयले ‘मरणोपरान्त अंगदान’ घोषणा गर्नु भएको थियो ।


प्रकाशित | २१ चैत्र २०७९, मंगलवार २१:०१