कांग्रेस केन्द्रीय कार्यसमिति बैठक कात्तिक २१ गते बस्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको कात्तिक २१ गतेका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । बैठक कात्तिक २१ गते दिउँसो एक बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभएको छ ।

यसअघि असोज १९ गतेका लागि बोलाइएको बैठक केही नेताहरुलाई कोरोना संक्रमण भएपछि २५ गतेका लागि सारिएको थियो, तर त्यो बैठक पनि बस्न सकेको थिएन ।


प्रकाशित | १३ कार्तिक २०७७, बिहीबार १७:०३