सागका ४ सय ३५ पदकधारी खेलाडीको खातामा पठाइयो १९ करोड ५३ लाख पुरस्कार रकम

काठमाडौं :  सरकारले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) का पदकधारी खेलाडीको खातामा पुरस्कार रकम वितरण गरेको छ । सरकारले झण्डै चार महिनापछि सबै पदकधारी खेलाडीको खातामा पुरस्कार रकम वितरण गरेको हो ।

युवा तथा खेलकुद मन्त्रालयले सागका ४ सय ३५ जना पदकधारी खेलाडीको खातामा १९ करोड ५३ लाख रुपैयाँ पुरस्कार वितरण गरेको जनाएको छ । चैत मसान्तबाट खेलाडीको खातामा पैसा हाल्न सुरु गरेको मन्त्रालयले बुधबार सबै पदक विजेता खेलाडीको खातामा पैसा पठाएर सकेको छ ।

उपत्यका भित्रका खातावाल (एभेरेष्ट बैक) खेलाडीको बुधबार पुरस्कार रकम प्राप्त गरेका छन् भने बाहिर जिल्लाका खेलाडीको खातामा बिहिबार अपरान्हसम्म खातामा राखिएको पैसा ट्रान्सफर हुने जनाइएको छ ।


प्रकाशित | ३ बैशाख २०७७, बुधबार १९:५६