एनआरएनए बेल्जियमद्धारा ‘आकस्मिक राहत कोष’ तयार गर्दै पर्नसक्ने समस्याहरुका लागी तयारी अबस्थामा रहने निर्णय

बेल्जियम : गैर आवासीय नेपाली संघ (एनआरएनए ) बेल्जियमले बेल्जियमको वर्तमान स्थितीलाई मध्यनजरमा राख्दै ‘आकस्मिक राहत को’ तयार गर्ने र आगामी दिनमा आउन सक्ने स्थितिको लागी “एनआरएनए स्वयंसेवक ग्रुप” तयार गरि बेल्जियमबासी नेपालीहरुमा पर्नसक्ने समस्याहरुका लागी तयारी अबस्थामा रहने निर्णय गरेको छ ।

अनलाईन बैठकले राहत कोष पुर्ण रुपमा पारदर्शी राख्ने प्रतिबद्दता सहित एनआरएनए बेल्जियमका अध्यक्ष चित्र सुवेदीको संयोजकत्वमा तथा कोषाध्यक्ष प्रकाश राज गिरीको ब्यवस्थापन रहने गरी यस ‘आकस्मिक राहत कोष’ लाई आर्थिक रुपमा सहयोग गरि समन्वय गरिदिनुहुनको लागी बेल्जियमस्थित सम्पुर्ण बुवाआमा, दाजुभाई तथा दिदीबहिनीहरुमा हार्दिक अनुरोध गर्ने निर्णय समेत गरिएको छ। बैठकको निर्णय जस्ताको तस्तै:-


प्रकाशित | ११ चैत्र २०७६, मंगलवार १२:०८