चीनबाट प्रदीप न्यौपानेको सुझाव :कोरोनालाई मजाक नठानौं, इटालीबाट पाठ सिक्दै सावधानी अपनाऔं

प्रदिप न्यौपाने, अध्यक्ष -गैर आवासीय नेपाली संघ चीन

अहिले नेपालको अवस्था जस्तो छ, १५/ २० दिन अगाडि इटालीस्था पनि त्यस्तै थियो । सरकारले हरेक ठाउँमा बन्दी गरेको थियो, मानिसलाई काम नपरी बाहिर ननिस्कन भनेको थियो, साबुन पानीले हात धुन, मास्क लगाउन भनेको थियो, भेला नहुन भनेको थियो, घर भित्रै बस्न भनेको थियो । तर अहिले हामीले कोरोना भाइरसलाई जस्तो सामान्य सोचेका छौँ, उनीहरुले पनि त्यस्तै सामान्य सोचेर सरकारलाई टेरेनन, बाहिर निस्कन र हिंड्न छोडेनन, रेस्टुरेन्ट जान, भेला हुन, गोष्ठी गर्न छोडेनन। अब अहिले हेर्नुस् इटालीको हालत कस्तो छ, हरेक दिन ३/ ४०० मनिसहरुले ज्यान गुमाइरहेका छन ।

भाइरसका कारण मर्नेको संख्या १५ दिनको अवधीमै चिनको भन्दा धेरै भैसकेको छ। पछिल्लो २४ घन्टामा मात्रै ७५० जना जतिले ज्यान गुमाएका छन। सजिलो छैन यो मरण, तपाईलाई कोरोना लाग्यो भनेर थाहा पाउने बित्तिकै परिवारसँग भेट्न दिदैंनन। मरेपछी पनि घर लैजान दिदैनन। १ जनालाई लागिहाल्यो भने फैलिन धेरै समय लग्दैन, नेपाल सानो देश, त्यसैमाथी हामीसँग कुनै प्रविधि छैन, त्यसैले हामी र हाम्रो देश सखाप हुन कत्ती पनि समय लाग्दैन।

अहिले हाम्रो सरकारले पनि हामीलाई धेरै सुझावहरु दिइराखेको छ, तर हामीले त्यसलाई मजाकमा लिइरहेका छौ, यस्तै गर्यौ भने हाम्रो हालत पनि इटालीको जस्तो नहोला भन्न सकिँदैन। त्यसैले हामी पनि अहिल्यैबाट सचेत होऔ। जथाभावी बाहिर ननिस्कौ। बेलाबेलामा साबुन पानीले हात धोऔ र आफुले समातेका बस्तुहरुमा कुनै किटाणु छैनन् भन्ने निश्चित होऔ।

मास्कको प्रयोग गरौ। भिटामीन सि युक्त खनेकुराहरु जस्तै टमाटर, खुर्सानी, सिम्ला, कागती, सुन्तला, किवि, काउली, ब्रोकाउली, इत्यादिको सेवन गरौं। घरमै बसौ र यो प्रकोपलाई निम्तिन नदिऔ। आफू पनि सुरक्षीत रहौ र अरुलाई पनि सुरक्षित हुन निर्देशन दिऔ। नत्रभने हामी नेपालीको अस्तित्व पनि संकटमा छ।


प्रकाशित | १० चैत्र २०७६, सोमबार २२:०४