एनआरएनए आयरल्याण्डको महिला उपाध्यक्षमा सिर्जना लामा निर्विरोध

आयरल्याण्ड । गैर आवासीय नेपाली संघ (एनआरएनए) आयरल्याण्डको महिला उपाध्यक्षमा सिर्जना (गोले तामाङ) लामा निर्विरोध निर्वाचित हुनु भएको छ । वर्तमान कार्यसमिति सदस्य रहनु भएको लामा आगामी कार्यकालको लागि महिला उपाध्यक्षमा निर्विरोध हुनु भएको हो ।

कार्यसमिति सदस्यमा रहँदा लामाले नेपालका बाढी पहिरो पीडित तथा कोभिड- १९ महामारीको बेला महत्वपूर्ण योगदान गर्नु भएको थियो । सामाजीक कार्यमा सक्रिय लामा विभिन्न संघसंस्थाहरुमा पनि सक्रिय हुनुहुन्छ ।

एनआरएनए आयरल्याण्डमा आगामी कार्यकालको लागि बिनोद कार्कीको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको हो ।


प्रकाशित | ८ श्रावण २०७८, शुक्रबार १४:२९