एनआरएनएको ७२ औं बैठक सम्पन्न: के-के भए निर्णय ?

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए ) को ७२ औं बैठक सम्पन्न भएको छ । बैठकले विशेष गरि कोरोना भाइरसले विश्वब्यापी महामारीको रुपमा लिइरहेको बखत विश्वभरिको सञ्जालमार्फत सकेको सबैले आआफनो ठाउँबाट सहयोग गर्ने निर्णय गरेको छ ।

त्यस्तै, नेपाल सरकारले गठन गरेको केन्द्रीय राहत कोषमा १ करोड सहयोग गर्ने पनि निर्णय गरेको छ । संघका प्रवक्ता डिवी क्षेत्रीका अनुसार बैठकले गरेका निर्णय जस्ताको तस्तै:-

· कोरोना संक्रमणबाट विशेष गरी नेपालमा सहयोग गर्नको लागि गैरआवासीय नेपाली संघले आर्थिक सहयोगको घोषणा गरेको छ । बैठकले केन्द्रिय स्तरमा १ करोड रुपैयाँ जम्मा गर्ने निर्णय गरेको छ ।

· बैठकले कोरोना भाईरसले स्वास्थ्य, मनोविज्ञान, सामाजिक र आर्थिक क्षेत्रमा पारेको असरका बारे प्रविधिको प्रयोग गरी (वेभिनार, सामाजिक सञ्जाल आदि) जनचेतना मुलक कार्यक्रमहरु सञ्चाल गर्ने निर्णय गरेको छ । यसको लागि संघको स्वास्थ्य समितिलाई अझ बढी सकृय बनाईने भएको छ ।

· बैठकले संघका कोषाध्यक्ष महेश कुमार श्रेष्ठको संयोजकत्वमा कोरोना पिडित राहतकोष संकलन उप समिति गठन गरेको छ । साथै, भौतिक सामाग्री सहयोग संकलन उपसमितिका संयोजक उपाध्यक्ष डा. बद्री केसीले आवश्यक भौतिक सामाग्री संकलन गरी नेपाल सरकारसंग समन्वय गर्ने तथा हस्तान्तरण गर्ने कार्यमा संयोजन गर्नु हुने छ ।

· बैठकमा राष्ट्रिय समन्वय परिषद् चीन, कोरीया, हङ्कंग, मकाउ आदिले कोरोना भाइरस विरुद्ध लड्नका लागि आवश्यक भौतिक सामाग्री ति मुलुकबाट उपलब्ध गराउन सकिने जानकारी दिएका थिए ।

· संघले विश्वभर गठन भएका राष्ट्रिय समन्वय परिषद्हरु मार्फत कोरोना भाईरसका कारण गैरआवासीय नेपालीहरुमा परेको प्रभाव बारे तथ्यांक संकलन गर्ने समेत निर्णय गरेको छ ।

· विश्वव्यापी प्रकोप बनेको कोरोना भइरसको सम्भावित संक्रमण र विस्तार रोक्ने र विभिन्न राष्ट्रिय पहलहरुलाई सहयोग गर्नका लागि केन्द्रीय स्तरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कुमार पन्तको अध्यक्षतामा गठन भएको उच्चस्तरिय समितिलाई बैठकले अनुमोदन गरेको छ ।

· बैठकले सबै राष्ट्रिय समन्वय परिषद्हरुलाई आफ्नो मुलुक भित्र रहेका नेपालीहरुलाई प्रकोपबाट परेको प्रभाव बारे जानकारी लिन र उनीहरुलाई कोरोना भाइरसबाट सुरक्षित रहन सूचना प्रवाह गर्नको लागि अनुरोध गरेको छ र साथै सबै राष्ट्रिय समन्वय परिषद्हरुलाई कोरोना भाइरसको कारण समस्यामा परेका नेपालीहरुलाई आफ्नो मूलूकमा नेपाली नियोग समेत संग समन्वय गरी सहयोग गर्नका लागि अनुरोध गरेको छ ।

· बैठकले संघको सभा र सम्मेलन तथा अन्य भिडभाड हुने कार्यक्रम हाललाई ३ महिना सम्म नगर्न निर्देशन जारी गरेको छ ।

· बैठकले संघको आर्थिक तथा कर्मचारी नियमावलीको मस्यौदामा सदस्यहरुले १ हप्ता भित्र सुझाव पेश गर्ने र अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयलाई ति नियमावलीलाई अन्तिम रुप दिनका लागि अधिकार दिने गरी निर्णय गरेको छ ।

· बैठकले संघको आचार संहिता, नेपाल सरकार संग भेटघाट र नेपाल सरकार तथा अन्य संघ संस्थाहरु संग सहमती तथा सम्झौता पत्रमा हस्ताक्षर गर्ने सम्बन्धमा प्रोटकल समेत अनुमोदन गरेको छ ।

· बैठकले आन्तरिक लेखा परिक्षण एवं संघको बिस्तृत आर्थिक लेखापरिक्षण (डिडिए) प्रतिवेदनको आधारमा काम कारवाही अघि बढाउन अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयलाई अधिकार दिने निर्णय गरेको छ ।

· बैठकले राष्ट्रिय समन्वय परिषदले गैरआवासीय नेपाली संघसँग आवद्द हुन मापदण्ड सहितको संझौतापत्रमा हस्ताक्षर गर्नु पर्ने निर्णय गरेको छ र यसको संझौताको विवरणलाई समेत बैठकले स्वीकृति दिएको छ । बैठकले माथि उल्लेखित विषय बाहेक अन्य सरोकारका विषयहरुमा छलफल गरि निर्णय गरेको छ ।

Image may contain: text

Image may contain: text


प्रकाशित | १० चैत्र २०७६, सोमबार १७:४६