प्रजातान्त्रिक योद्धा रामप्रसाद राईको सम्झनामा रक्तदान कार्यक्रम आयोजना हुँदैं

काठमाडौं : विस २००७ सालको क्रान्तिका योद्धा रामप्रसाद राईको स्मृति तथा ७० औँ प्रजातन्त्र दिवसका अवसरमा मंगलबार रक्तदान कार्यक्रम आयोजना गरिने भएको छ । रक्त संचार केन्द्र सोल्टिमोडमा सो रक्तदान कार्यक्रम गरिने भएको हो ।

रामप्रसाद राई फाउन्डेसनकी अध्यक्ष सुष्मा राईका अनुसार राजधानी काठमाडौंसहित मुलुकभर रगतको अभाब भई रहेका बेला प्रजान्त्रिक योद्वा रामप्रसाद राईको स्मृतीमा बृहत रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको हो ।

अध्यक्ष राईले फाउन्डेसनले निरन्तर सामाजिक काममा सक्रिय भई रहेको र पछिल्लो समय समय रगत अभाबले विकराल रुप लिई रहेको बेला रगत अभावलाई केही हदसम्ममा न्युनिकरण गर्नलाई वृहत रक्तदान कार्यक्रम आयोजना गरिएको जानकारी गराउनुभयो ।

रामप्रसाद राई फाउण्डेशन नेपालले रक्तदानु कार्यक्रममा सहभागी हुन सबैमा आग्रह गरेको छ । प्रतिष्ठानले यसअघि रामप्रसाद राईको स्मृतिमा पुस्तक प्रकाशन तथा शैक्षिक र विकास निर्माणका काम पनि गरिदै आएको छ।

क्रान्तिकारी योद्धा राईको जन्म वि.सं. १९६५ फागुन १८ गते भोजपुरको बसखोरा भएको थियो। पहिले बेलायती सेनामा काम गरेका राई पछिल्लो कालमा पूर्वका भोजपुरसहितका जिल्लाबाट २००७ सालको प्रजातान्त्रिक आन्दोलनका एक कमाण्डर र योद्धा बन्नुभएको थियो ।


प्रकाशित | ५ फाल्गुन २०७६, सोमबार १३:५२