एमाले दोलखाको उपाध्यक्षमा राजेन्द्र मानन्धरको उम्मेदवारी

चरिकोट – नेकपा एमाले दोलखाको उपाध्यक्षमा राजेन्द्र मानन्धरले उम्मेदवारी घोषणा गर्नु भएको छ । एमाले जिल्ला कमिटि सदस्य मानन्धरले दोलखाको १० औं जिल्ला अधिवेशनमा उपाध्यक्षका लागि उम्मेदवारी घोषणा गर्नु भएको हो । दोलखाको जिल्ला अधिवेशन पुस २३ र २४ गते चरिकोटमा हुँदै छ ।

२०४७ सालबाट राजैनीतिक यात्रा शूरु गर्नु भएको मानन्धर गौरीशंकर बहुमुखी क्याम्पस अनेरास्ववियु प्रारम्भिक कमिटीको सचिव हुँदै अनेरास्ववियुको जिल्ला सचिव, अध्यक्ष र केन्द्रीय सदस्यसम्मको जिम्मेवारी वहन गरिसक्नु भएको छ ।

नेकपा एमाले चरिकोट गाउँ कमिटीको सचिव हुँदै २०५३ सालमा भीमेश्वर नगरपालिका स्थापना भएपछि नेकपा एमाले भीमेश्वर नगर कमिटी तदर्थ समितिको संयोजक हुनु भएको थियो । प्रथम अधिवेशनबाट उहाँले प्रमुखको जिम्मेवारी समाल्नु भएको थियो ।

त्यस्तै, मानन्धर नेकपा एमालेको छैठौ राष्ट्रिय महाधिवेशनमा दोलखा जिल्ला क्षेत्र नम्बर २ बाट निर्वाचचित भएका तीन जना प्रतिनिधिमध्ये सम्मानजनक मत ल्याएर प्रतिनिधिमा छनौट हुनु भएको थियो ।

साथै नेकपा माले गठन भएपछि २०५५ मा नेकपा माले दोलखाको सचिवालय सदस्य तथा कार्यालय सचिवको जिम्मेवारी सम्हानु भएको थियो । नेकपा माले र नेकपा एमाले एकिकरण भएदेखि यता नेकपा एमालेको जिल्ला कमिटी सल्लाहाकार सदस्य निरन्तर हुँदै जिल्ला कमिटी सचिवालय सदस्यको जिम्मेवारी निर्वाह गर्नु भएको थियो ।

त्यस्तैगरि, नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन केन्द्रीय प्रचार समिति सदस्य हुँदै कार्य सम्पादन, नेपाल पत्रकार महासंघ दोलखा शाखाको दुई कार्यकाल अध्यक्ष, तत्कालीन सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङको सञ्चार विज्ञ र दुई दशकसम्म नेपालको ठूलो मिडिया कान्तिपुर दैनिकको सव एडिटर पदमा कार्यरत रही जिम्मेवारी निर्वाह गर्नु भएको अनुभव छ ।

मानन्धर जिल्लाको सबैभन्दा जेठो र ठूलो सामुदायिक क्याम्पस गौरीशंकर बहुमुखी क्याम्पसको दोस्रो कार्यकालको लागि अध्यक्ष समेत हुनुहुन्छ ।


प्रकाशित | २१ पुष २०७८, बुधबार ११:४४