‘समृद्ध नेपाल सुखी नेपाली’ बनाउने संकल्प गरेको एक वर्ष : पात्रो फेरियो,जनताको जीवनस्तर फेरिएन

काठमाडौं :  प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल सुखी नेपाली’ बनाउने संकल्प गरेको एक वर्ष पूरा भएको छ । यो समाचार आजको नागरिक दैनिकमा छ । नयाँ वर्ष २०७५ सालको सुरुवातसँगै रारा तालबाट देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशलाई समृद्ध र जनतालाई सुखी बनाउने सपना बाँडन्भएको थियो ।

प्रधानमन्त्री ओलीले वर्ष २०७५ भरि नै यस्ता मिठामिठा सपना देखिरहेरबाँडिरहनुभयो । तर एक वर्षअघि भित्तामा झुन्ड्याइएको पात्रो नयाँ वर्ष २०६७ को आगमनसँगै फेरियो, जनताको जीवनस्तरमा भने केही परिवर्तन आएको छैन । बाम विश्लेषक भरत दाहाल जनताको दैनिक जीवनमा परिवर्तन आउनेगरी सरकारले केही काम गर्न नसकेको बताउँनुहुन्छ । जनता झन निरास र आमजनताका समस्या समाधान होइन, बढेर गएका छन्,’ दाहाल भन्नुहुन्छ, ‘भित्ताको पात्रो फेर्नुबाहेक जनताको जीवनमा बितेको एक वर्षमा केही परिवर्तन देखिएन ।’


प्रकाशित | १ बैशाख २०७६, आईतवार ०७:५२