एनआरएनए अस्ट्रेलियाको सराहनीय कार्य, विद्यार्थीलाई एक महिना र अन्यको हकमा पन्ध्र दिन निशुल्क भोजन खुवाउने

सुशील चालिसे /मेलबर्न

गैर आवासीय नेपाली संघ (एनआरएनए ) अस्ट्रेलियाले कोरोना भाइरसको समस्यावाट प्रभावित नेपाली बिध्यार्थीलाई निशुल्क भोजनको ब्यवस्था गर्ने भएको छ ।  अस्ट्रेलियामा अध्ययनका लागि आएका कोरोना भाइरस प्रभावीत विद्यार्थीलाई निशुल्क भोजनको ब्यवस्था गर्ने भएको हो ।

गैर आवासिय नेपाली संघ अस्ट्रेलियाका प्रवक्ता नन्द गुरुङका अनुसार बिहीवार बसेको आकस्मीक बैठकले सो निर्णय गरेको हो । नेपाली विद्यार्थीलाई मध्यनजर गर्दै एक महिना सम्म र अन्यको हकमा पन्ध्र दिन भोजनको प्रवन्ध गर्ने तथा आवश्यक परेको खण्डमा अन्य अत्यावश्यक बिषयमा पनि सहयोग गर्ने निणर्य भएको छ ।

अस्ट्रेलीयाले अनिवार्य आइसोलेसनमा बस्नु पर्ने नीति बनाएपछि अध्यनका लागि अस्ट्रेलिया आएका विद्यार्थी समस्या परेका थिए । सोही विद्यार्थीको समस्यालाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको प्रवक्ता गुरुङले जानकारी गराउनुभयो ।

संघका अध्यक्ष केशव कडेंलले नेपालबाट अस्ट्रेलिया आइपुगेका अधिकांशले दुई हप्ता क्वारेन्टाइनमा बस्नु पर्ने बाध्यता भएकाले धेरै विद्याथीहरु समस्यामा परेको पाइएपछि एक महिना निशुल्क भोजनको वन्दोवस्त गर्ने निर्णय गरिएको जानकारी गराउनुभयो ।

अध्यक्ष कडेंलले विद्यार्थीलाई पहिलो चरणमा सानो सहयोग गरिएपनि अन्य विभिन्न योजना पनि बनाइरहेको बताउनुभयो । पछिल्लो समय यहाँ विद्यार्थीहरु कोठा र काम समेत नपाउने अवस्था रहेकोले विद्यार्थीको समस्यालाई ध्यानमा राखि यस्तो निर्णय गरिएको अध्यक्ष कँडेलले बताउनुभयो ।

अस्ट्रेलियाले विद्यार्थीले यो सुविधा पाउनको लागि हालसालै नेपालबाट पढ्नको लागि यहाँ आएको हुनुपर्ने, सेल्फ आइसोलेसनमा बसेको हुनुपर्ने, बसोबास गरेको क्षेत्रमा कुनै आफन्तजन भएको हुन नहुने, नेपाली दूतावास तथा महावाणिज्यदूतावासलाई जानकारी गराएको हुनुपर्ने मापदण्ड बनाएको छ । यो सुविधा २३ मार्चदेखि लागू हुने गरि एक महिनासम्म हुनेछ । त्यस्तै, विद्याथीहरुबाहेक अन्य नेपालीलाई १५ दिनसम्म खाना खुवाउने ब्यवस्था समेत गरेको छ ।


प्रकाशित | ७ चैत्र २०७६, शुक्रबार १८:४१