न्यूजील्याण्डका नेपाली सुरक्षीत, केहि समस्या परे एनआरएनएलाई जानकारी गराउन आग्रह

राजीव आचार्य /न्यूजील्याण्ड

कोरोना भाइरसले विश्वब्यापी महामारी फैलिरहँदा न्यूजील्याण्डबासी पनि सशांकीत बनेका छन् । पछिल्लो समय लोकप्रिय बन्दै गईरहेको नेपालीहरुको गन्तव्य न्यूजील्याण्ड पनि यतिबेला कोरोना भाईरसबाट सशाकृत बनीरहेका हुन ।

विश्व अर्थतन्त्रलाई नराम्ररी असर पारिरहँदा कोरोना भाइरसले यस देशलाई पनि मानवीय र आर्थिक रुपमा संकटग्रस्त बनाईरहेको छ ।

अस्टेलिया र चीनसँग अत्यन्तै नजिकको व्यापारिक र आर्थीक सम्वन्ध राख्ने न्यूजिल्याण्डले यतिबेलासमम्म कुनै पनि मानवीय क्षति भने ब्यहोर्नुपरेको छैन । यथपी कोरोना संक्रमीतहरुको संख्या भने दिनानुदिन बढ्दै गइरहेको छ ।

न्यूजील्याण्डको स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्याकं अनुसार शुक्रबार सम्म संक्रमितको संख्या ३९ पुगेको छ । जसमा सम्पूर्ण संक्रमीतहरु अन्य देशबाट प्रस्थान गरेको दावी गरिएको छ ।

अरु थप संक्रमीतको संख्या नबढोस भन्नका निम्ति यहाँको सरकारले बिहीबार रातिदेखि देशबासी बाहेक अन्य सम्पूर्णलाई आगमनमा रोक लगाएको छ ।

त्यस्तै, गैर आवासीय नेपाली संघ (एनआरएनए ) न्यूजील्याण्ड यतिबेला आफूलाई सक्रिय बनाउँदै देशैभर रहेका नेपालीहरुमाझ विभिन्न कार्यक्रम मार्फत सजग तथा सचेतना गराउँदै गएको छ ।

विपदको घडीमा फैलीदैं गरेको कोरोना भाईरसको प्रकोपबाट आज सम्म कुनै पनि नेपालीमा संक्रमण नरहेको र संक्रमणको स्थिती देखा परेमा गैर आवासीय नेपाली संघ न्यूजिल्याण्ड आफूलाई तयारी अवस्थामा राखेको छ ।

गैर आवासीय नेपाली संघ न्यूजिल्याण्डका अध्यक्ष लाल केसीले कुनै समस्या परे वा सहयोगको खाँचो परे एनआरएनएलाई जानकारी गराउन सबैमा आग्रह गर्नुभएको छ ।

त्यस्तै, शुक्रबार बसेको एनआरएनए न्यूजील्याण्डको आपतकालीन बैठकले सचिव प्रदिप रुपाखेतीको संयोजकत्वमा ७ सदस्यीय आपलतकालीन उद्धार समिति गठन गरेको छ । आगामी दिनमा आइपर्ने जटिल परिस्थितिमा यस समितिले न्यूजील्याण्ड सरकारसँग समन्वय गरि हरेक नेपालीहरुलाई सुरक्षित राख्न हर प्रयास गरिने अध्यक्ष केसीले बताउनुभयो ।

यसैगरि गैर आवासीय नेपाली संघ आइसिसीले यसअघि तीन महिना सम्मको सम्पूर्ण औपचारिक कार्यक्रम स्थगन गर्ने निर्णय गरेबमोजीम यस क्षेत्र तथा एनसिसीका पनि कार्यक्रम स्थगन गरिएको छ ।

संघको पूर्व निर्धारित विभिन्न कार्यक्रमहरु पनि हालको लागि स्थगीत गरिएको हो ।। आगामी मे २९ मा वार्षिक रुपमा हुने एभरेष्ट डे कार्यक्रम मे २९ देखि ३१ सम्म सञ्चालनमा आउने र ओसेनीया क्षेत्रको क्षेत्रीय विज्ञ सम्मेलन हाललाई स्थगीत गरिएको एनआरएनएले जनाएको छ ।


प्रकाशित | ७ चैत्र २०७६, शुक्रबार २०:०४