घूस लिएको अभियोगमा तीन जना पक्राउ

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको अभियोगमा तीन जनालाई पक्राउ गरेको छ । बारा जिल्ला पचरौता नगरपालिकाका इञ्जिनीयर रामप्रकाश सतरासमेत तीन जनालाई आज घूस लिएको अभियोगमा पक्राउ गरेको हो ।

स्थानीय एक विद्यालयको कम्पाउण्ड बाल निर्माण सम्पन्न भएपश्चात् भुक्तानीका लागि सिफारिस गर्नुपर्नेमा सो नगरी विभिन्न बहानामा सेवाग्राहीसँग घूस माग गरेको सूचनाका आधारमा आयोगको कार्यालय हेटौँडाबाट गएको टोलीले कार्यालय परिसरबाट पक्राउ गरेको हो ।

आयोगले इञ्जिनीयर रामप्रकश सतरा, कार्यालय सहयोगी धु्रव महत्तो र बद्रबहादुर थापालाई पक्राउ गरेको हो । उनीहरुले सेवाग्राहीसँग रु १५ हजार घूस लिएको अभियोग लागेको छ ।


प्रकाशित | २४ असार २०७६, मंगलवार १९:५१