बडादशैं सुरु भएयता सवा दुई लाखले उपत्यका छाडे

काठमाडौं । यो वर्ष दशैँको ८ दिनमा २ लाख १८ हजार ९ सय १६ जनाले उपत्यका छाडेका छन् ।महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार यो वर्षको दशमी पर्सि परेकाले आज र भोलि पनि धेरैले उपत्यका छाड्ने अनुमान गरिएको छ । गएका वर्षहरुमा घटस्थापनापछि दैनिक एक लाखभन्दा धेरैले उपत्यका छाड्ने गरेको तथ्याङक छ ।

यो विगतको वर्ष भन्दा निक्कै कम हो । लकडाउन खुलेपछि पनि धेरै बाहिरिएको र हाल काठमाडौं उपत्यकामै दशैं मनाउने धेरै रहेको बताइएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार गएको २४ घण्टामा ४८ हजार ९८ जनाले काठमाण्डौ छाडेका छन् ।

यसअघि सप्तमीको दिन ३३ हजार ४ सय ४६ जनाले उपत्यका छाडेका थिए । घटस्थापनाको दिन २१ हजार ६ सय २ जना उपत्यका बाहिर गएकामा त्यसयता दैनिक बढ्दै गएको हो । द्वितीयामा २१ हजार ४ सय ७८ जना, तृतीयामा २३ हजार ३ सय ९२ जना, चतुर्थीमा २३ हजार ३ सय ८३ जना, पञ्चमीमा २२ हजार २ सय ९९ जना र षष्ठीमा २५ हजार २ सय १८ जना काठमाण्डौ उपत्यकाबाट बाहिर गएका छन् ।


प्रकाशित | ८ कार्तिक २०७७, शनिबार १३:४०