गायिका दीपा तामाङको ‘तिम्रो दिलमा’ बोलको गीत रिलीज

काठमाडौँ :  चर्चित गायिका दीपा तामाङको ‘तिम्रो दिलमा’ बोलको गीत रिलीज भएको छ । बिरेन लिन्देनको शब्द तथा फनीन्द्र राईको एरेन्ज रहेको गीतमा गायिका तामाङकै कम्पोज रहेको छ ।

प्रियजन राईले निर्देशन गरेको उक्त म्यूजिक भिडियोमा गायिका तामाङ र गायक महेन्द्र राईको अभिनय रहेको छ । जनक राज अधिकारीले छायांकन गरेको उक्त भिडियोलाई मनीष कार्कीले संपादन गरेका हुन ।


प्रकाशित | ३० फाल्गुन २०७६, शुक्रबार १२:५५