राष्ट्रिय तेक्वान्दो प्रतियोगिता आयोजना गर्दै नेपाल तेक्वान्दो संघ तीन नम्बर प्रदेश

काठमाडौ: नेपाल तेक्वान्दो संघ प्रदेश नं ३ ले राष्ट्रिय तेक्वान्दो प्रतियोगिता आयोजना गर्ने भएको छ। नेपाल तेक्वान्दो संघ प्रदेश नं ३ द्वारा आयोजित राष्ट्रिय तेक्वान्दो प्रतियोगिता नेपाल तेक्वान्दो संघले प्रादेशिक संरचनामा तेक्वान्दो खेललाई बिभाजन गरे पस्चात हुन लागेको बृहत तेक्वान्दो खेलको लागि आज सम्मकै उत्कृष्ट तरिकाले सातै प्रदेशलाई समेटेर राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको सुभारम्भ गर्न लागेको हो।

सातदोबाटो स्थित नेपाल तेक्वान्दो संघ को केन्द्रीय कार्यालयमा अबस्थित तेक्वान्दोको आफ्नै हलमा उक्त प्रतियोगिता सन्चालन हुंदैछ। जसका लागि सबै प्रदेशमा पत्राचार भैसकेको कुरा नेपाल तेक्वान्दो संघ प्रदेश नम्बर ३ का कार्यबाहक अध्यक्ष केशव पुरीले जानकारी दिनुभयो।

असार ५,६ र ७ गते हुने उक्त प्रतियोगितामा सबै प्रदेशका खेलाडीहरुका लागि खान, बस्न र आउने जाने खर्च समेत समेत प्रदेश नं ३ ले ब्यहोर्ने ब्यवस्था मिलाइनुका साथ साथै सो प्रतियोगितालाई भब्य रुपमा सम्पन्न गर्नका लागी प्रदेश नं ३ अहोरात्र जुटेको छ। उक्त कार्यक्रममा प्रमुख अतिथिका रुपमा सम्माननीय प्रधानमन्त्री के पी ओली ज्यू लाई ल्याउने समेत तयारी भइरहेको कुरा बुझीएको छ।

प्रदेश नं ३ का अध्यक्ष केशब पुरीले दिनुभएको जानकारी अनुसार उक्त कार्यक्रममा समाजका बिशिष्ट ब्यक्तीहरूको उपस्थित रहने छ। उक्त कार्यक्रमलाई सफल बनाउन प्रदेशका १३ ओटै जिल्ला कार्यसमिति सक्रिय रहेका छन र प्रदेश कमिटीको सम्पूर्ण सदस्यहरु लागिपरेको जानकारी दिनुभयो।


प्रकाशित | २३ जेष्ठ २०७६, बिहीबार २१:२६