पूर्वमन्त्री बाँस्कोटाको घरमा बम बिस्फोट

काठमाडौँ :  पूर्व सूचना तथा सञ्चारप्रविधि मन्त्री गोकुल बाँस्कोटाको घरमा बम बिस्फोट भएको छ ।  आज बिहान पूर्वमन्त्री बाँस्कोटाको लोकन्थली स्थित घरमा कुकर बम बिस्फोट भएको हो । घरमा कोही नभएका कारण मानबिय क्षति नभएपनि घरको कोठाहरुमा भने क्षति पुगेको छ । घरको बैठक कोठा, पर्खाल भत्किएको छ । बम बिष्फोटपछि सुरक्षाकर्मी घटनास्थलमा पुगेका छन् ।


प्रकाशित | २८ फाल्गुन २०७६, बुधबार १०:५७