नेपालमा फेरि बढ्न थाल्यो कोरोना संक्रमण, पछिल्लो २४ घण्टामा २ हजार ९७९ थपिए, २८ को मृत्यु

काठमाडौं । नेपालमा कोरोना संक्रमण फेरि बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा देशभर दुई हजार ९७९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको ११ हजार ८९८ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा २ हजार ९७९ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य मन्त्रालयका अनुसार ७ हजार ८३५ जना पिअिसार परीक्षण गर्दा २ हजार ७७ र ४ हजार ६३ जनाको एन्टीजेन परीक्षण गर्दा ९०२ जनामा संक्रमण पुष्टि भएको हो। आज देशभर एक हजार ३३३ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा २८ जना संक्रमितको मृत्यु भएको छ। 

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ५४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३९०, ललितपुरमा ८६ र भक्तपुरमा ६७ जना कोरोना संक्रमित थपिएका हुन् ।

फोटो विवरण उपलब्ध छैन।


प्रकाशित | २३ असार २०७८, बुधबार १७:१८