मौलिक हकसँग जोडिएका कानुन निर्माणमा ढिलाइ नगर्न कानुन मन्त्रीको निर्देशन

काठमाडौं : कानुन, न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले पदबहाली गर्दा गरेको पहिलो निर्णय कार्यान्वयनका लागि ताकेता गर्नुभएको छ ।

मौलिक हकसँग जोडिएका १६ वटा ऐन अन्तर्गत बन्नुपर्ने नियमावली निर्माणलाई तीब्रता दिन मन्त्री तुम्बाहाङ्फेले निर्देशन दिनुभएको छ । सरोकारवाला मन्त्रालयका सचिवहरुलाई निर्देशन दिँदै उहाँले नियमावली निर्माण गरेर ऐन कार्यान्वयनमा सक्रियता देखाउन निर्देशन दिनुभयो ।

फागुन ५ गते पदबहाली गर्दा मन्त्री तुम्बाहाङ्फेले मौलिक हकसँग जोडिएका १६ वटा ऐन अन्तर्गत बन्नुपर्ने नियमावली २०७६ चैत मसान्तभित्र जारी गर्ने निर्णयलाई सदर गर्नुभएको थियो ।

मन्त्रालयका अनुसार हालसम्म ऐन अन्तर्गतका ४ वटा नियमावली जारी भएको छ भने २ वटा विषयका नियमावलीको मस्यौदा सहमति दिई सम्बन्धित मन्त्रालयमा पठाइएको छ ।


प्रकाशित | २२ फाल्गुन २०७६, बिहीबार १३:४०