एनआरएनए अध्यक्ष कुमार पन्तको सहभागितामा १५ औं स्थापना दिवस मनाउँदै यूके

काठमाडौं:  गैर आवासीय नेपाली संघ (एनआरएनए ) यूकेले मार्च ५ मा १५ औं स्थापना दिवस मनाउने भएको छ । एनआरएनए अध्यक्ष कुमार पन्तको सहभागितामा यूकेले १५ औ वार्षिकोत्सव मनाउन लागेको हो । स्थापना दिवसमा प्रमुख अतिथीका रुपमा अध्यक्ष पन्त आजै त्यसतर्फ प्रस्थान गर्नुहुने कार्यक्रम  छ ।

संघको विश्व सम्मेलनबाट अध्यक्ष निर्वाचीत हुनुभएपछि एनसिसीको कार्यक्रममा पहिलो पटक अध्यक्ष पन्त सहभागि हुन लाग्नुभएको छ । यअसघि अध्यक्ष पन्तले संघका विभिन्न प्रोजेक्ट तथा संस्थालाई संस्थागत ढंगले अगाडि बढाउन ब्यस्त हुनु भएको कारण एनसिसीका विभिन्न कार्यक्रममा सहभागि हुन सक्नुभएको थिएन ।

अध्यक्ष पन्त नेतृत्वमा आइसकेपछि एनआरएनमा सुधारको संकेत देखिन थालेपछि अब विस्तारै एनसिसीका कार्यक्रममा पनि अध्यक्ष पन्त सहभागि हुन थाल्नुभएको हो । त्यसै सिलसिलामा यूकेको स्थापना दिवस कार्यक्रममा सहभागि हुन यूके प्रस्थान गर्न लाग्नुभएको हो ।

गैरआवासीय नेपाली संघ यूके अध्यक्ष पुनम गुरुङले संघले मार्च ५ तारिखमा स्थापना दिवस र ८ मार्चमा अन्तर्राष्ट्रिय नारी दिवस मनाउने तयारी गरिरहेकाले सहभागिताको लागि सबैमा अपिल गर्नुभएको छ । अध्यक्ष गुरुङले दुई कार्यक्रममा सहभागिताका लागि यूकेबासी नेपाली समुदायलाई अपिल गर्नुभएको हो ।

Image may contain: 1 person


प्रकाशित | २१ फाल्गुन २०७६, बुधबार १३:३३