गान्धी तुलसी क्याम्पसमा ई लाईबेरि स्थापना, अध्यक्ष थापाले गरे औपचारिक उद्घाटन

काठमाडौं: कागेश्वरी मनोहरा नगरपालिका वडा नंं ९ मा अवस्थित गान्धी तुलसी क्याम्पसमा ई लाइबेरिको स्थापना गरिएको छ । बुधबार आयोजित एक कार्यक्रमका बीच कागेश्वरी मनोहरा नगरपालिका वडा नंं ९ का वडाध्यक्ष तथा क्याम्पस ब्यवस्थापन समितिका अध्यक्ष अनील थापाले ई लाईबेरिको औपचारिक रुपमा उद्घाटन गर्नुभयो ।

विश्वविद्यालय अनुदान आयोगबाट साढे तीन लाख रुपैयाँ उपकरण खरिदको लागि उपलब्ध रकमबाट ई लाईबेरिको लागि पिन्टर र केहि थान कम्प्यूटर खरिद गरि ब्यवस्था गरिएको हो ।

सो अवसरमा बोल्नुहुँदै सचालक समिति अध्यक्ष थापाले कलेजलाई नमूना बनाउने गरि अगाडि बढिरहेको बताउनुभयो । उहाँले विद्यार्थीहरुलाई संचालक समितिले गर्नुपर्ने कुनै माग भए भए वा शिक्षकहरुको विषयमा कुनै गुनासो भए लिखित रुपमा बुझाउन आग्रह गर्नुभयो । वडाध्यक्ष थापाले वडाबाट गर्नुपर्ने आवश्यक सहयोग समेत गर्ने बताउनुभयो ।

क्यापम्पस प्रमुख लेखराज पौडेलले ई लाईबेरि सञ्चालनमा आएसँगै विद्यार्थीहरु लाभान्वित हुने विश्वास ब्यक्त गर्नुभयो । २०७० सालमा स्थापना भएको क्याम्पसमा बीबीएस सञ्चालन हुँदै आएको छ । करिब तीन सय विद्यार्थी अध्ययनरत छन् ।

त्यस्तै, बुधबार आयोजित ‘लागू औषध नियन्त्रण तथा साईबर अपराध नियन्त्रण अभियान’मा क्यापसका विद्यार्थीहरुले सहभागिता जनाएका छन् । कार्यक्रममा शिक्षकहरु तथा क्याम्पस ब्यवस्थापन समितिका पदाधिकारीहरुको पनि सहभागिता थियो ।

 


प्रकाशित | ७ चैत्र २०८०, बुधबार २०:१९