मिस वर्ल्डमा भाग लिएर मिस नेपाल अनुष्का स्वदेश फीर्ता, एयरपोर्टमा भब्य स्वागत

काठमाडौं: मिस नेपाल २०१९ अनुष्का श्रेष्ठ स्वदेश फीर्ता हुनुभएको छ । ‘मिस वर्ल्ड प्रतियोगिता’ भाग लिन एक महिना अघि बेलायत जानु भएको अनुष्का आज स्वदेश फीर्ता हुनुभएको हो । अनुष्काले यस वर्ष मिस वल्र्डमा मल्टिमिडिया अवार्ड र ब्युटी विथ द पर्पोज विधा जित्नुभयो ।

अनुष्का प्रतियोगिताको उत्कृष्ठ १२ मा समेत पर्न सफल हुनुभयो । यस वर्ष विश्वका १११ मुलुकका सुन्दरीले प्रतिष्ठित सौन्दर्य प्रतियोगीतामा सहभागीता जनाएका थिए । मिस वल्र्ड प्रतियोगितामा भाग लिएर नेपालले ठूलो सफलता हासिल गरेकोमा आफैमा गौरवान्भिवत महसुस भइरहेको प्रतिक्रिया दिर्दै यसको लागि सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो ।


प्रकाशित | ७ पुष २०७६, सोमबार १४:५२