एनआरएनए भिक्टोरियाको आयोजनामा बिबिध कार्यक्रमको आयोजना हुँदै 

सुशील चालिसे /मेलबर्न

एनआरएनए भिक्टोरियाको महिला फोरम नारी निकुञ्ज भिक्टोरियाको आयोजनामा यहि आउदो मार्च ८ तारिखका दिन अन्तरास्ट्रिय नारी दिवस २०२० को सु-अवसरमा आत्मरक्षा सम्बन्धी तालीम संचालन हुँदैछ । Let ‘s get smart to build up our confidence through strength and skills भन्ने नाराका साथ अपरान्ह तीन बजेबाट सुरु भई छ बजे सम्म संचालन हुने उक्त तालिममा जम्मा पच्चिस जना मात्रको सहभागी सिट संख्या भएकोले आफ्नो सहभागिताको लागि यथासिघ्र सम्पर्क राख्न आयोजक संस्थाले आग्रह गरेको छ ।

एकदिनमा सम्पन्न हुने उक्त तालिम आइतबारका दिन 5 Cromwell Street , Glenroy VIC मा संचालन हुन गइरहेको छ। सहभागिताका लागि आयोजक संस्थाका प्रतिनिधिहरु काजल किरण 0411744483 , राधिका बोगटी 045003337 मा सम्पर्क गर्न सकिने छ ।

एनआरएनए भिक्टोरीया र नेपलिज एसोसिएसन अफ भिक्टोरियाको संयुक्त आयोजना तथा Womens Information Referral Exchange ( WIRE ) सँगको सहाकार्यमा लैंगिक समानता र पारिवारिक हिम्साको रोकथामका बारेमा प्रशिक्षण एवम् साक्षात्कार कार्यक्रम संचालन हुन् गइरहेको छ। ”Gender Equality is not a woman ‘s issue , it is a human issue , its effects all ” को सचेतना फैलाउने उदेश्यले संचालन हुन् लागेको उक्त कार्यक्रम   मार्च ९ तारिखका दिन 281 Darebin Road , Thornbury मा अबस्थित Lord of Spices Restaurant and Function Centre मा अपरान्ह दुइ बजे देखी पाँच बजे सम्म संचालन हुँदैछ ।

एनआरएनए भिक्टोरीया र नेपलिज एसोसिएसन अफ भिक्टोरियाको संयक्त आयोजना तथा मेलबोर्न नेपलिज कम्युनिटी वेस्टको सहयोगमा मेलबोर्नमा रहनु भएका नेपाली अभिभाबकहरुका लागि Parent ‘s Retreat कार्यक्रम हुन् गइरहेको छ । नेपाली अभिभावकहरुको लागि संचालन हुन्दु गइरहेको उक्त कार्यक्रममा ध्यान, आध्यत्मिक ज्ञान, योग, भजन किर्तन लगायत प्रकृति संग्ग रमाउदै हिड्ने जस्ता बिबिध गतिबिधीहरु रहेका छन् ।

उक्त कार्यक्रममा सहभागीता जनाउनका लागि सबैजना अभिभाबकहरुको उमेर ५५ बर्ष भन्दा माथिको हुनु पर्ने र साथमा मेडिकेयर कार्ड अथवा स्वास्थ्य बिमा अनिबार्य रुपमा भएको हुनु पर्नेछ ।

दुइ दिन सम्म संचालन हुने कार्यक्रम यहि मार्च १४ र १५ मा 83 – 99 Stotts Lane , Frankston मा अबस्थित Brahma kumaris centre for spiritual, Frankston मा हुन गइरहेको छ । कार्यक्रमको जानकारीका लागि नारायण कटुवाल 0401193301 , काजल सिंघ भण्डारी 0411744483 सँग सम्पर्क गर्न सकिने छ ।

एनआरएनए भिक्टोरियाले मार्च महिनामै ३ वटा कार्यक्रमहरु संचालन गर्न लागेको र आफ्नो संस्था यसका लागि पूर्ण तयारीमा जुटेको बताउदै नेपाली समुदायका लागि बिबिध कार्यक्रमहरु संचालन गराउन पाउँदा संस्था निकै नै उत्साहित रहेको एनआरएनए भिक्टोरियाका सचिब नारायण कटुवालले बताएका छन् । यी कार्यक्रमहरुको आयोजनामा संलग्न संस्थाहरु नेपलिज एसोसिएसन अफ भिक्टोरिया, नारी निकुञ्ज भिक्टोरिया, Womens Information Referral Exchange ( WIRE ) , मेलबोर्न नेपलिज कम्युनिटी वेस्ट प्रति सहकार्यका लागि धन्यबाद व्यक्त गरेका छन् ।


प्रकाशित | १५ फाल्गुन २०७६, बिहीबार १२:०४