एनआरएनए स्वीट्जरल्याण्डले पायो नयाँ नेतृत्व, अध्यक्ष एल्मर लामा सहितको कार्यसमिति निर्विरोध (सूचीसहित)

स्वीट्जरल्याण्ड । गैर आवासीय नेपाली संघ स्वीट्जरल्याण्डको अध्यक्ष एल्मर लामा सहितको कार्यसमिति निर्विरोध चयन भएको छ । आगामी कार्यकालको लागि नयाँ कार्यसमिति निर्विरोध चयन भएको हो । अध्यक्षमा शुभ एल्मर लामाको मात्रै उम्मेदवारी परेको थियो । यस्तै आईसीसी सदस्यमा सीमा गौतमको मात्रै उम्मेदवारी परेको छ । एनआरएन इतिहासमा अध्यक्ष र आईसीसी सदस्य दुबै महिला रहेको सम्भवत यो पहिलो पटक हो ।

यस्तै उपाध्यक्षमा प्रमोद कुमार भट्ट र शुक्र श्रेष्ठ, महासचिवमा कुल (कृष्ण) प्रसाद शिवाकोटी, सचिवमा जीवन भट्टराई, कोषाध्यक्षमा राकेश चन्द्र प्रजापती,महिला संयोजकमा चम्पा ज्ञवाली रुकस्टुल, युवा संयोजकमा विनु सुनार र प्रवक्तामा यम काउचा मगरको मात्र उम्मेदवारी परेपछि सिंगो कार्यसमितिनै निर्विरोध चयन भएको हो ।

अन्य केही पदहरूमा उम्मेदवारी नपरेपछि पद रिक्त रहेको छ । उम्मेदवारी मनोनयनको नामावली शनिवार प्रकाशन गरिएको थियो । एनआरएनए स्वीट्जरल्याण्डको सातौं राष्ट्रिय महाधिवेशन आईतबार हुदैंछ

कार्यसमितिको नामावली

अध्यक्षः शुभ एल्मर लामा

उपाध्यक्षः प्रमोद कुमार भट्ट, शुक्र श्रेष्ठ

महासचिवः कुल (कृष्ण) प्रसाद शिवाकोटी

सचिवः जीवन भट्टराई

कोषाध्यक्षः राकेश चन्द्र प्रजापती

आई सि सि सदस्य : सीमा गौतम

महिला संयोजकः चम्पा ज्ञवाली रुकस्टुल

युवा संयोजकः विनु सुनार

प्रवक्ताः यम काउचा मगर


प्रकाशित | २७ असार २०७८, आईतवार ०७:३०