सगरमाथामा नयाँ विश्व कीर्तिमान: कामीरिता शेर्पा २४ औँ पटक सगरमाथा चुचुरोमा

काठमाडौं: कामीरिता शेर्पाले २४ औ पटक सर्वोच्च शिखर सगरमाथा आरोहण गर्नुभएको छ । यसअघिको आफ्नै रेकर्ड तोड्दैै मंगलबार बिहान ६ बजेर ३८ मिनेटमा २४ औं पटक सगरमाथाको सफल आरोहण गर्नुभएको हो । उहाँको आरोहण कम्पनी सेभेन समिटका अनुसार शेर्पाले नेपाली मोहोडाबाट शिखर चुम्दै कीर्तिमान राख्नुभएको हो । यो आरोहणसँगै ४९ वर्षीय कामिरिता २४ पटक सगरमाथाको चुचुरोमा पुग्ने संसारकै पहिलो आरोही बन्नुभएको हो । यस अघि २३ चोटी सगरमाथा चढ्ने रेकर्ड पनि उनकै नाममा थियो। सन् १९९४ मा पहिलोपटक सगरमाथाको चुचुरोमा पाइला राखेका कामिरिताको २५ पटक सगरमाथाको शिर चुम्ने लक्ष्य छ ।


प्रकाशित | ७ जेष्ठ २०७६, मंगलवार १०:१२