सरकारी कदमको विरोध जनाउँदैं युवा संगठन सडकमा

काठमाडौँ । संघीय संसदको प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयपछि सर्वत्र विरोध सुरु भएको छ । विभिन्न राजनीतिक दल, संविधानविद्लगायतले सामाजिक सञ्जाल मार्फत सरकारी कदमको विरोध जनाएका छन् ।

सरकारी कदमको विभिन्न राजनीतिक दलका युवा संगठनले पनि विरोध गरेका छन् । उनीहरुले काठमाडौँको माइतीघरबाट नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका छन् ।


प्रकाशित | ५ पुष २०७७, आईतवार १६:२७