सरकारको प्रवक्तामा खतिवडा नियुक्त

काठमाडौँ : सरकारको प्रवक्तामा अर्थमन्त्री डा. युवराज खतिवडा नियुक्त हुनु भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले खतिवडालाई प्रवक्ता नियुक्त गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिनु भएको छ ।

मन्त्री खतिवडाले आउदो विहिवार सञ्चार मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्नुहुने मन्त्रिपरिषद् कार्यालयले जानकारी दिएको छ ।

तत्कालिन सूचना तथा संचारप्रविधि मन्त्री गोकुल बाँस्कोटाले राजिनामा दिएपछि उहाँको स्थानमा खतिवडालाई प्रवक्ता नियुक्त गरिएको हो ।


प्रकाशित | १४ फाल्गुन २०७६, बुधबार ०९:५३