जनताको अवस्था परिवर्तन गर्न मेरो उम्मेदवारी : ऋषिकेश पोख्रेल

मोरङ्ग : आगामी निर्वाचनका लागि मोरङ्ग क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार ऋषिकेश पोख्रेलले जनताको अवस्था परिवर्तन गर्न आफुले उम्मेदवारी दिएको बताउनु भएको छ । यहि मंसीर ४ गते हुन गइरहेको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा नेकपा एमालेका प्रतिनिधिसभा सदस्य उम्मेदवार रहनु भएका पोख्रलले व्यवस्था र मान्छे धेरै पटक परिवर्तन भएको भन्दै एक पटक गाउँ बुझेको मान्छेलाई निर्वाचित गर्न आग्रह गर्नु भएको हो ।

मोरङको क्षेत्र नं. २ बाट प्रदेश र प्रतिनिधिसभामा गरेर कुल ३४ जनाको उम्मेदवारी परेको छ। सो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा १३ र प्रदेशसभा सदस्यमा २१ जनाले उम्मेदवारी दर्ता गराएका छन्। प्रतिनिधिसभा सदस्यमा गठबन्धनबाट कांग्रेसकी सुजाता कोइरालाले उम्मेदवारी दिनु भएको छ । यस्तै, एमालेबाट ऋषिकेश पोखरेल, नेपाल किसान पार्टीबाट सुरेश कुर्वा, हाम्रो नेपाली पार्टीबाट विनोदमणि भट्टराई, राप्रपाबाट गोपाल दाहाल, लोसपाबाट नारायणप्रसाद गन्गाँइ र स्वतन्त्रबाट विशेश्वर ऋषिदेव र सुनिल कुमार साह लगायतले उम्मेदवारी दिएका छन् ।

एमालेका उम्मेदवार पोख्रेलले सामाजीक साझा सुझावका आधारमा जनताको अवस्था परिवर्तन गर्न पनि आफुलाई विजय गराउनु पर्नेमा जोड दिनु भयो । आफु निर्वाचित भएपश्चात अलपत्र परेका आयोजनाहरु पूरा गर्ने पनि प्रतिनिधि सभा सदस्य उम्मेदवार पाख्रेलले प्रतिबद्धता जनाउनु भयो ।

सामाजिक, राजनीतिक, आर्थिक क्षेत्रलाई बदल्नका लागि आफु लागि पर्ने प्रतिनिधिसभा सदस्य उम्मेदवार पोख्रेलले प्रतिबद्धता जनाउनु भयो । अधिकांश कृषक रहेको सो निर्वाचन क्षेत्रमा कृषिलाई व्यवसायीकरण गर्दै लाने उल्लेख गर्नु भयो । उहाँ एमाले मोरङ अध्यक्ष पनि रहनु भएको छ । सो क्षेत्र नेपाली कांग्रेसका स्व. नेता गिरिजाप्रसाद कोइरालाले चुनाव लडेको क्षेत्र हो ।


प्रकाशित | ३ कार्तिक २०७९, बिहीबार ०९:०२