सागको तयारी सुरु, खेलाडीलाई बन्द प्रशिक्षणमा राखेर साग खेल्ने टिम तयार गर्ने

काठमाडौं: दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागको १३ औ संस्करणको तयारीका लागि खेलाडीलाई बन्द प्रशिक्षणमा राख्ने निर्णय भएको छ । युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्मा संयोजकत्वमा बिहिबार बसेको प्रतियोगिताको तयारी तथा व्यवस्थापन मुल समारोह समितिले नेपाली खेलाडीलाई बन्द प्रशिक्षणमा राखेर साग खेल्ने टिम तयार गर्ने निर्णय गरेको हो ।

यस्तै बैठकले प्रतियोगितामा सहभागिता जनाउने देशलाई निमन्त्रणा पठाउने र प्रतियोगिता खेलाउने प्राविधिक कमिटि बनाउने निर्णय गरेको छ । बैठकमा सहभागि एक सदस्यका अनुसार समारोहको अर्को बैठकमा प्रतियोगितामा गर्नुपर्ने कामको कार्यतालिका बनाउने छ । आठौं राष्ट्रिय खेलकुदमा गरेको प्रर्दशनका आधारमा खेलाडीलाई बन्द प्रशिक्षणमा समावेश गरिनेछ । बैठकले प्रतियोगिताको मस्कट र लोगो समेत पारित गरेको छ ।


प्रकाशित | २६ बैशाख २०७६, बिहीबार २१:१२