ग्रामीण भेगका विद्यालयमा छात्रा शौचालय निमार्ण गर्न च्यारिटी डिनर कार्यक्रम गर्दै महिला फोरम

काठमाडौं : आगामी मार्च ८ तारिख अर्थात ११० औं अन्तराष्ट्रिय  नारी दिवसको अवसरमा आइसिसी महिला फोरमले च्यारिटी डिनर कार्यक्रम आयोजना गर्ने भएको छ ।

एनआरएनए आइसिसी महिला फोरमले अन्तराष्ट्रिय नारी दिवसको अवसरमा ग्रामीण भेगका विद्यालयमा छात्रा शौचालय निर्माण गर्ने उद्देश्यले च्यारिटी डिनर कार्यक्रम आयोजना गर्न लागेको हो ।

आइसिसी महिला फोरम संयोजक भोमा लिम्बुका अनुसार मार्च ८ तारिखको दिन काठमाडौंको होटल सांग्रीलामा ग्रामीण भेगका विद्यालयमा छात्रा शौचालय निर्माण गर्ने उद्देश्यले सो डिनर गर्न लागिएको हो ।

डिनरमा एनआरएनए अध्यक्ष कुमार पन्तदेखि पदाधिकारी तथा महिला फोरममा आबद्ध विभिन्न देशबाट महिला प्रतिनिधिहरु तथा नेपालका विभिन्न क्षेत्रका ब्यक्तीत्वहरुको सहभागिता रहने संयोजक भोमा लिम्बुले जानकारी गराउनुभयो । सो डिनर कार्यक्रममा सहभागि हुनका लागि प्रति ब्यक्ती रु ५ हजार टिकट शूल्क तोकिएको छ ।

संयोजक लिम्बुले डिनर कार्यक्रममा सहभागि हुनको लागि सबैमा अपिल गर्नुहुँदै डिनर कार्यक्रममा सहभागि हुन चाहानेले एनआरएनए कार्यालयमा सम्पर्क राखेर टिकट बुक गर्न सकिने जानकारी गराउनुभयो ।

स्मरण रहोस: एनआरएनए महिला फोरमले ग्रामीम भेगमा छात्रा शौचालय निर्माणदेखि विदेशबाट फर्केका महिलाहरुलाई स्वरोजगार बनाउनको लागि विभिन्न तालिम सञ्चालन गर्ने प्रोजेक्ट शूरु गरिसकेको छ ।

प्रोजेक्ट अनुसार ग्रामीम भेगमा शूरुमा नमूना विद्यालयका रुपमा छनौट गरि १० वटा छात्रा शौचालय निर्माण गरिनेछ । छात्राहरुलाई महिनावारी हुँदा उपयुक्त हुने गरि शौचालय निर्माण गरिने योजना छ ।

ग्रामीम भेगका विद्यालयमा छात्राहरु महिनावारी हुँदा विद्यालय नआउने लगायतका समस्याबाट मुक्त गराउन विद्यालयकै शौचालयमा श्यानेटरी प्याड लगायत महिनावारी भएको बेला सहजै प्रयोग गर्न सकिने खालको शौचालय  निर्माण गरिनेछ ।


प्रकाशित | १२ फाल्गुन २०७६, सोमबार ०८:५८