आयरल्याण्डमा तिहारको शुभकामना तथा साँस्कृतिक कार्यक्रम सम्पन्न

डब्लिन – गैर आवासीय नेपाली संघ (एनआरएनए) आयरल्याण्ड र नेपाल जनजाती महासंघको संयुक्त आयोजनामा डब्लिनमा दसै-तिहार शुभकामना आदनप्रदान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरिएको छ । विभिन्न ख्यातीप्राप्त कलाकारको सहभागितामा दसै-तिहार शुभकामना आदान प्रदानका साथै दसै -तिहार धमाका- २०७८ सम्पन्न गरिएको हो ।

नेपाली कला संस्कृतिको संरक्षण तथा सम्बद्र्धन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा एनआरएनए यूरोप क्षेत्रीय सह-संयोजक शुक्रराज न्यौपाने, एनआरएनए पोर्चुगलबाट आइसिसी सदस्य नाराणकाजी मागर, एनसिसी आयरल्याण्डका पूर्व अध्यक्ष राजन काफ्ले, नवराज कोइराला, नर्दन आयरल्याण्डका सभापति बल थापा, जनजाती महासंघ आयरल्याण्डका सभापति मेख गुरुङलगायतले शुभकामना दिनु भएको थियो ।

एनआरएनए आयरल्याण्डका अध्यक्ष विनोद कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न नेपाली संघसंस्था, राजनीतिक दलका प्रतिनिधि, अग्रज तथा अभियन्ताहरुको पनि सहभागिता थियो । कार्यक्रममा एनआरएनए आयरल्याण्डकी महिला उपाध्यक्ष सृजना लामा (गोले तामाङ) ले स्वागत गर्नु भएको थियो ।

डब्लिनको र्याडीसन होटलमा आयोजित कार्यक्रममा ख्यातीप्राप्त कलाकारहरु अविनास घिसिङ, शर्मिला बर्देवा, ज्ञान सिंह पुन र कपिल पुनको बेजोड प्रस्तुत रहेको थियो ।

त्यस्तै, स्थानीय कलाकारहरु शोभाना पन्त अधिकारी, संगीता थापा, सन्जु थापा, कृष्टिना पौडेल, श्रीष्तिका पौडेल र विकास रसाईलीलगायतले गीत तथा नृत्य प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा सहभागिहरुलाई र्याडीसन होटलका हेड सेफ बालकृष्ण श्रेष्ठले भोजनको लागि सहयोग गर्नु भएको थियो ।


प्रकाशित | १९ कार्तिक २०७८, शुक्रबार २२:५२