कांग्रेस सभापति देउवा सिंगापुर प्रस्थान

काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सिंगापुर प्रस्थान गर्नुभएको छ । लामो समयदेखि पेटको समस्या भोग्दै आएका देउवा फलोअप उपचारका लागि पत्नी आरजु राणासँग सिंगापुर प्रस्थान गर्नुभएको हो । कांग्रेस केन्द्रीय कार्यालयका अनुसार, खाना अपच हुनेजस्ता समस्या दोहोरिएपछि चिकित्सकहरुको सल्लाहअनुसार नै देउवा सिंगापुर जानुभएको हो । देउवा जेठ १३ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।


प्रकाशित | ९ जेष्ठ २०७६, बिहीबार १३:०७