अज्ञात समूहले जलायो वडा कार्यालयका सम्पूर्ण कागजपत्र

डोटी : डोटीको बडीकेदार गाउँपालिका वडा नम्बर ४ को वडा कार्यालय जलाएको छ । अज्ञात समूहले गए राती वडा कार्यालयमा आगजनी गर्दै सम्पूर्ण कागजपत्र जलाएको हो । ल्ला प्रहरी कार्यालय डोटीका प्रमुख तथा प्रहरी उपरीक्षक विद्यानन्द माझीका अनुसार आगजनीबाट वडा कार्यालयमा भएका सम्पूर्ण कागजातहरु पूर्ण रुपमा जलेर नष्ट भएको पाइएको छ । आगो कसले र किन लगायो भन्ने विषयमा अहिलेसम्म केही पत्ता लाग्न सकेको छैन । केहि समय अघि सोही ठाउँमा रहेको प्रहरी चौकी हटाउन विप्लव समूहले दबाब दिर्दै आएको थियो ।


प्रकाशित | २४ बैशाख २०७६, मंगलवार १०:२७