सुकेधारा बम विस्फोटमा घाइते विप्लवका कार्यकर्ता श्रेष्ठको उपचारको क्रममा मृत्य

काठमाडौं : गत जेठ १२ गते भएको श्रृंखलावद्ध बम विस्फोटमा परि घाइते भई उपचाररत एक जनाको मृत्यु भएको छ । बम विस्फोटमा परि घाइते भएका नेकपा विप्लव समूहका कार्यकर्ता रामकुमार श्रेष्ठको निधन भएको हो । जेठ १२ गते काठमाडौंको घट्टेकुलो र सुकेधारमा बम विस्फोट भएको थियो ।

काठमाडौं उपत्यकाको सुकेधारा विस्फोटमा परि घाइते भएका रामेछाप मन्थली ४ का श्रेष्ठ गम्भीर घाइते भएपछि उपचारका लागि ओम अस्पताल लगिएको थियो । ओममा उपचाररत श्रेष्ठको निधन भएको हो । यससँगै राजधानीका दुई विस्फोटमा परि निधन हुनेको संख्या ५ पुगेको छ । सुकेधारमा भएको विस्फोटमा ७ जना घाइते भएका थिए । जसमध्ये १ जनाको घटनास्थलमै र अन्य २ जनाको चावहिलस्थित ओम अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।


प्रकाशित | ३२ जेष्ठ २०७६, शनिबार १८:४५