बियोगमा परेका प्रेमी जोडिको कथा बोकेको गीत ‘तिमी रुँदा’ सार्वजनिक (भिडियो )

काठमाडौं : चलचित्र लभ स्टेसन ले चलचित्रको मुख्य गीतको रुपमा रहेको तिमी रुँदा चलचित्र रिलिजको पाँच दिनपछी सार्वजनिक गरेको छ । डेभिड शंकरको स्वर रहेको गीतमा उनकै सङ्गीत रहेको छ भने दीपक शर्मा र उषा शेरचनको शब्द रचना रहेको छ । गीतले बियोगमा परेका प्रेमी जोडिको कथा बोकेको छ । उज्ज्वल घिमिरेले निर्देशन गरेको यो चलचित्र सांगीतिक प्रेम कथामा आधारित छ । । प्रदीप खडका, जसिता गुरुगं र प्रकाशका अलावा लभ स्टेशनमा रमेश बुढाथोकी, सरु बिष्ट, रवि डंगोलको अभिनय रहेको छ ।


प्रकाशित | २७ चैत्र २०७५, बुधबार २०:२४