सूर्यविनायक नगरपालिका राम्रो कामको लागि सधै सहयोग गर्न तयार छ : मेयर थापा

भक्तपुर :  सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापाले इमानदारीपूर्वक अनुसासीत भएर मिहेनत गरे कुनै पनि क्षेत्रमा सफल भइने बताउनु भएको छ ।

सूर्यविनायकको सहयोगमा सञ्चालीत निशुल्क लोकसेवा तयारी सम्बन्धि अभिमुखीकरण कार्यक्रममा बोल्नुहुँदै मेयर थापाले सो कुरा बताउनुभएको हो ।

विद्यार्थीलाई उत्प्रेरणा दिर्दै मेयर थापाले हरेक क्षेत्रमा सूर्यविनायकको नाम राख्ने गरि अगाडि बढ्न आग्रह गर्नुभयो । लोकसेवा तयारी कक्षा लगायत नगरपालिकाले गर्नुपर्ने काममा कुनै कञ्जुस्याइँ नहुने बताउँदै मेयर थापाले लोकसेवा तयारीका लागि कक्षा मात्र नभई घरमा पनि मिहेनत गरेर अध्ययन गर्न सुझाव दिनुभयो ।

मेयर थापाले नगरपालिका राम्रा काममा सधै सहयोग गर्न तयार रहेको समेत बताउनुभयो ।


प्रकाशित | १७ माघ २०७९, मंगलवार २०:४७