मेलबर्नको क्रेगिबन लाइब्रेरीमा नेपाली जुनियर लाइब्रेरी सेक्सनको स्थापना

सुशील चालीसे /मेलबर्न

दिदिबहिनी समाज भिक्टोरिया तथा नर्दन कम्युनीटी लिगल सेन्टरको संयुक्त आयोजना तथा क्रेगिबन नेपलिज कम्युनीटि भिक्टोरियाको सहकार्यमा मेल्बोर्नको क्रेगिबन लाइब्रेरीमा जुनियर नेपाली पुस्तकहरुको सङ्ग्रह सहित नेपाली जुनियर लाइब्रेरी सेक्सनको स्थापना गरिएको छ ।

उक्त लाइब्रेरीमा नेपाली बालबालिकाहरुका लागी आबश्यक नेपाली कथा, कविता, नेपालको बारेमा लेखिएका विभिन्न लेखहरु सहितको पुस्तकहरु रहेका छन ।

नेपाली मुलका बालबालिकाहरुलाइ नेपाली भाषा, साहित्य, सस्कृती, कलाको बारेमा जानकारी गराउने तथा नेपाली भाषालाई यहाँ हुर्केका बालबालिकाहरुलाई सिकाउने उदेश्य रहेको यस लाइब्रेरी सेक्सनको स्थापनाले नेपाली बालबालिकाहरु निकै उत्साहित भएका छन ।

क्रेगिबन स्कुलका विद्यार्थीहरुको स्वागत नृत्य प्रस्तुतिबाट सुरु भएको उक्त कार्यक्रममा दिदिबहिनी समाज भिक्टोरियाका अध्यक्ष जमुना पराजुलीले महिला सहभागिता कार्यक्रमको बारेमा प्रकाश पार्नु भएको थियो ।

नर्दन कम्युनीटि लिगल सेन्टरका साझेदारी तथा सामुदायिक बिकासका म्यानेजर तानिया म्याकेन्जीले आफ्नो संस्थाले दिदीबहिनी समाज भिक्टोरिया सङ्ग मिलेर सामाजिक कार्य गर्न पाउदा गर्ब महसुस भएको र दिदिबहिनी समाजको विभिन्न सामाजिक गतिविधिमा गरेको कार्य उदाहरणीय र सर्हानिय रहेको बताउनु भएको थियो ।

ह्युम लाइब्रेरीका पुस्तक संकलन बिभागका मुख्य ब्यबस्थापक एडम कुपरले ९९ भन्दा बढी नेपाली जुनियर लाइब्रेरीमा पुस्तकहरुको ब्यबस्था रहेको र आगामी दिनहरूमा नया योजना सहित अरु थपिदै जाने बताउनु भएको थियो ।

सानो समुहबाट सुरु गरि आजको यो अबस्थामा आइपुग्दा आफुहरु निकै खुशी भएको बताउदै एनआरएनए अस्ट्रेलियाका उपाध्यक्ष तथा भिक्टोरिया संयोजक प्रेम कंडेलले दिदीबहिनी समाज भिक्टोरिया तथा नर्दन कम्युनीटि लिगल सेन्टर प्रती आभार व्यक्त गर्नु भएको थियो ।

क्रेगिबन नेपाली स्कुलका शिक्षक चेतराज ढकालको रचनात्मक तरिका अपनाउदै नयाँ किसिमबाट बिद्यार्थी भाइबहिनीहरुबाट उद्घाटन गरिएको उक्त लाइब्रेरीको मद्दतबाट बिद्यार्थीहरुले धेरै उपलब्धि प्राप्त गर्ने आशा व्यक्त गर्नु भएको थियो ।

क्रेगिबन नेपालीज कम्युनीटिका अध्यक्ष माधब पौडेलले खुशी व्यक्त गर्दै दिदीबहिनी समाज तथा नर्दन कम्युनीटि लिगल सेन्टरसङ्ग सहकार्य गर्दै रचनात्मक काममा जुट्न पाउदा आनन्द महसुस भएको र भबिस्यमा पनि साथमा मिलेर काम गर्न क्रेगिबन नेपालीज कम्युनीटि तयार रहेको बताउनु भएको थियो ।

दिदिबहिनी समाज तथा नर्दन कम्युनीटि लिगल सेन्टरका साझेदारी कार्यक्रमका सम्योजक सन्जना श्रेष्ठले संचालन गर्नु भएको उक्त कार्यक्रममा क्रेगिबन नेपाली कम्युनीटि तर्फबाट बासुदेब मरहट्ठाले क्रेगिबन नेपालीज कम्युनीटिका कार्यसमिति सदस्यहरुलाई प्रसंशा पत्र वितरण गर्नुभएको थियो ।

महिला सहभागिता समुहका सरिता धमलाले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रममा कबयत्री पार्बती पहारिले कविता तथा बालबालिकाहरुले नेपाली नृत्य प्रस्तुत गरेका थिए ।


प्रकाशित | २० माघ २०७६, सोमबार १८:२६