एनआरएनए कोरियाको कोषाध्यक्ष पदमा कुसाङ शेर्पाको उम्मेदवारी घोषणा

कोरिया: गैर आवासीय नेपाली संघ (एनआरएनए ) कोरियाको कोषाध्यक्ष पदमा दोलखा जिरीका कुसाङ शेर्पाले उम्मेदवारी घोषणा गर्नुभएको छ । विगत सात वर्षदेखि कोरियामा बस्दै आउनुभएको शेर्पा एक इमानदार छवी बनाउन सफल हुनुहुन्छ ।

आफूलाई काम गर्न सक्ने, योग्य र सक्षम उम्मेदवारको रुपमा उम्याउँदै शेर्पाले एनआरएनए कोरियालाई आर्थिक रुपमा सवल बनाउन र पारदर्शी बनाउनको लागि आफनो उम्मेदवारी भएको बताउनुभएको छ । शेर्पाले काठमाडौं विश्वविद्यालय र नर्वेजीयन विश्वविद्यालयमा ईलेक्टीकल ईन्जिनियरमा मास्टर डिग्री गर्नुभएको छ ।

शेर्पा कोरियाको राजधानी सौलमा रहेको अन्तरास्ट्रिय निर्माण कम्पनीको बैदेशिक बिभागमा रहि  नेपाल, Bangladesh, Iraq, Mozambique, Thailand, Laos, Myanmar, Bolivia, Nicaragua, Equador र India  मा एसिया डेवलपमेन्ट बैक, कोरियन बैंक र विश्व बैकले फन्ड गरेको आयोजनामा काम गर्दै आउनुभएको छ ।


प्रकाशित | ४ भाद्र २०७६, बुधबार १२:१७