अमेरिकाज् क्षेत्रको स्थगित क्षेत्रीय विज्ञ सम्मेलन आगामी सेप्टेम्बर ५ मा क्यानडामा गर्ने निर्णय

क्यानडा : गैर आवासीय नेपाली संघ (एनआरएनए ) अमेरिकाज् क्षेत्रको कोभिडको १९ को कारणले स्थगित भएको क्षेत्रीय विज्ञ सम्मेलनको मिती र स्थानको टुङ्गो लगाइएको छ । विज्ञ सम्मेलन आगामी सेक्टेम्बर पहिलो साता सेक्टेम्बर ५ तारिखमा क्यानडामा गर्ने टुंगो लागेको हो ।

एनआरएनए क्यानडाको १३ वर्षे इतिहासमै पहिलो पटक यस्तो सम्मेलनको आयोजना गर्ने अवसर पाएकोमा खुसी ब्यक्त गर्दै क्यानडाले सम्मेलनको मिती र स्थान तय गरेसँगै अन्य आवश्यकीय तयारीमा जुट्ने जनाएको छ ।

संघका अमेरिकाज क्षेत्रका क्षेत्रीय संयोजक राजन त्रिपाठीको अध्यक्षतामा बसेको एनआरएनए क्यानडाका अध्यक्ष चिरन्जिवी घिमिरे सम्मिलित बैठकले क्षेत्रीय भेला तथा क्षेत्रीय विज्ञ सम्मेलन क्यानाडामा गर्ने निणर्य गरेको हो । बैठकमा एनआरएन क्यानडा कार्यसमिती सदस्य, समितिका सल्लाहकार, आईसीसी सदस्यहरु, अमेरिकाका आईसिसि सदस्यहरु र संयोजकहरु लगायतको उपस्थिती थियो।

संयोजक त्रिपाठीका अनुसार बैठकले सर्वसम्मत रुपमा क्षेत्रीय सम्मेलन क्यानडामा गर्ने निर्णय गर्दै विज्ञ सम्मेलनको तयारीमा जुट्ने निर्णय गरेको हो ।


प्रकाशित | १९ असार २०७७, शुक्रबार ११:५०