नर्वेको राजधानी ओस्लोमा नेपाल भ्रमण वर्ष २०२० को प्रचार प्रसार

ओस्लो : गैर आवासीय नेपाली संघ (एनआरएनए) नर्वेको संयोजन तथा नर्वे नेपाल फोरेनिंग, नेपाली दुतावास डेनमार्क र नेपाल पर्यटन बोर्डको सहयोगमा नर्वेको राजधानी ओस्लोमा नेपाल भ्रमण वर्ष २०२० को भव्य प्रचार प्रसार कार्यक्रम सम्पन्न भएको छ ।

ओस्लो स्थित रेडिसन होटेलमा आयोजित २ दिने पर्यटन मेलामा नेपाल, इन्डोनेसिया, पोल्याण्ड, साइप्रस, क्रोएसिया, लात्भिया, इस्टोनिया लगायत विभिन्न देशका स्टलहरु राखिएका थिए ।

(नेपाल भ्रमण वर्ष २०२० प्रचार प्रसार कार्यक्रम स्वस्फुर्त राष्ट्रिय पोशाकमा सझिएका नेपाली र नर्वेजियन स्वयंसेवीले मेला आउने सबैको ध्यान आकर्षण गर्न सफल भएका थिए ।

नेपालको स्टलमा नेपालको विभिन्न पर्यटकीय गन्तब्यहरुमा जानकारी दिनुका साथै नेपालको संस्कृति झल्किने नृत्यहरु पनि प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा नेपाल भ्रमण गरेर फर्किएकी नर्वेजियन नागरिक मारित बाक्केले नेपालको प्रकृति र संस्कृतिबारे मेला घुम्न आउनेलाई आफ्नो अनुभव सुनाएकी थिइन् ।

नेपालको स्टल घुम्ने मध्ये एक जना विदेशीलाई गोलाप्रथाद्वारा नेपाली कला झल्किने आकर्षक उपहार पनि प्रदान गरिएको थियो । नेपाली नृत्य प्रस्तुत गर्नू भएका कलाकार हरुलाई उपहार दिई सम्मानित/प्रोत्साहित गरिएको थियो ।

  

फोटो: स्मिता मल्ल

प्रकाशित | १३ माघ २०७६, सोमबार १८:५४