‘साइनो’को गीत रिलीज (भिडियो)

काठमाडौँ: नायिका भूवन चन्दको निर्माणमा रहेको फिल्म ‘साइनो’को ‘कुन मायाको साइनो’ बोलको गीत रिलिज भएको छ । गायक प्रताप दास र गायिका जीना रसाइलीको स्वर रहेको गीतमा एलिस कार्कीको संगीत तथा राजेशकुमार श्रेष्ठको शब्द रहेको छ । रामजी लामिछानेले कोरियोग्राफी गरेको उक्त गीतको भिडियोमा नीता ढुंगाना, मिरुना मगर र राजकुमारको फिचर्ड रहेको छ ।

साउन २४ गते रिलिज हुँने फिल्मलाई रमेश थापाले निर्देशन गरेका हून । रामेश्वर कार्कीको छायांकन रहेको फिल्मलाई बनिश शाहको सम्पादन रहेको छ । उक्त सार्वजनिक गीतलाई टिकटक बनाएर फिल्मको फेसुबक पेजमा ट्याग गर्नुपर्ने निर्माणपक्षले बताएको छ । उत्कृष्ट भिडियोमध्ये प्रथम हुनेलाई ५० हजार, दोश्रो हुनेलाई ३० हजार र तेश्रो हुनेलाई २० हजार नगद पुरस्कार दिने जनाएको छ ।


प्रकाशित | ९ असार २०७६, सोमबार ०९:५७