सिटी एक्सप्रेसद्वारा गायक र संगीतकारलाई सम्मान

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफर र भक्तराज आचार्य संगीत प्रतिष्ठानले गायक कुमार बस्नेत र संगीतकार प्रकाश गुरुङलाई सम्मान गरेको छ । ‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान’ २०७७ को गायनतर्फ वरिष्ठ गायक बस्नेत र संगीततर्फ वरिष्ठ संगीतकार गुरुङलाई जनही पुरस्कार ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको सिटी एक्सप्रसले जानकारी दिएको छ ।

भक्तराज आचार्य संगीत प्रतिष्ठानका संरक्षक गायक तथा भजन शिरोमणि भक्तराज आचार्य, प्रतिष्ठानकी अध्यक्ष सुशीला आचार्य र सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डनले संयुक्त रुपमा दुवैलाई सम्मान गर्नुभएको थियो ।

सिटी एक्सप्रेसले रेमिटेन्स क्षेत्रमा छुट्टै पहिचान बनाउँदै ‘जहाँ नेपाली, त्यहाँ सिटी एक्सप्रेस’ नारालाई आत्मसाथ गर्दै १४ वर्षदेखि संसार भरबाट सहज रुपमा नेपालमा विप्रेषण सेवा प्रदान गर्दै आएको छ ।

आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका दस हजारभन्दा बढी भुक्तानी केन्द्रहरुमार्फत छिटो, सहज र सुरक्षीत तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।


प्रकाशित | १७ चैत्र २०७७, मंगलवार ०९:३२