मकाउमा ‘नेपाल भ्रमण वर्ष २०२०’ को शुभारम्भ

मकाउ : मकाउनमा नेपाल भ्रमण वर्ष २०२० को भब्य रुपमा शुभारम्भ भएको छ । नेपाल सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्य सहित मनाइरहेको नेपाल भ्रमण वर्षको मकाउमा पनि भब्य शुभारम्भ गरिएको हो । मकाउको मुख्य केन्द्र सानमालोबाट मकाउका विभिन्न पर्यटकीय स्थानहरुमा पैदल यात्रा गरी भ्रमण वर्षको प्रचार प्रसार गर्दै शुभारम्भ गरिएको हो ।

एनआरएनए मकाउका अध्यक्ष पूर्णबहादुर गुरुङका अनुसार महावाणिज्य दूताबास हङकङ /मकाउको आयोजना र गैर आवासीय नेपाली संघ मकाउ र तमु (गुरूङ) एशोसिएसन, मकाउको सहकार्यमा कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रममा नेपाली मौलिक नौमति बाजा, लाखे नाच, सेरगा र किँरात साकेला नाच तथा नेपालका पर्यटकीय स्थलहरुको क्यानाभास पेन्टिङ प्रदर्शन गरिएको थियो ।

नेपालका तर्फबाट वान डे पेन्टिङ आर्ट एण्ड डेकोर प्रालिले नेपालका मौलिक परम्परा तथा पर्ययटकीय स्थानहरुको बारेमा जानकारी गराउने उद्देश्यले क्यानाभास पेन्टिङको प्रदर्शन गरेको थियो ।

मकाउ, चाइना र हङकङमा रहेका करिव एक हजार जना व्यक्तिको सहभागिता रहेको कार्यक्रममा मकाउ टेलिभिजन, एचके न्यूज नेपाल तथा अन्य सञ्चारमाध्यमका सञ्चारकर्मीहरु एवम् व्यवसायीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रम सम्पन्न गर्नका लागि वडि विल्डिङ एशोसिएसन, मकाउ चेम्बर अफ कमर्स, ब्रदरहुड एशोसिएसन, द हिमालयन हाउस, नमस्ते ट्रेडर्स गुर्खाज एकता मकाउ तथा विभिन्न नेपाली समाजलगायतका संस्थाहरुले आर्थिक सहयोग गरेका थिए ।

कार्यक्रममा लालिगुराँस एशोसिएसन हङकङका संयोजक तथा युवा व्यवसायी चेतन गुरुङ, क्यारिटास मकाउका प्रतिनिधि, इन्डोनेसियन माइग्रेन वर्कस यूनियन मकाउका अध्यक्ष, जेट विङका लिमिटेडका प्रतिनिधि, पाकिस्तानि समाजका अध्यक्ष अवनत अलिवर्डलगायतको विशेष उपस्थिति रहेको थियो ।


प्रकाशित | ३ माघ २०७६, शुक्रबार १२:४८