क्यानडामा नेपाल भ्रमण बर्ष २०२० को भब्य शुरुवात

क्यानडा:  नेपाल भ्रमण बर्ष २०२० को क्यानडाको राजधानी अटोवा शहरमा भब्य रुपमा शुभारम्भ गरिएको छ । नेपाली राजदुताबासको आयोजना र गैर आवासीय नेपाली सघलगायत नेपाली संघ संस्थाहरुको समन्वयसमा भएको भ्रमण वर्ष कार्यक्रम भब्य रुपमा शुभारम्भ गरिएको हो ।

कार्यक्रममा नेपाल भ्रमण गरेका क्यानडियन, क्यानडियन मन्त्री, साम्सद, अन्य देशका राजदुतहरु, पर्यटन ब्यबसायीहरु, पर्बतारोहीहरु, गैर आबासिय नेपाली संघ क्यानडा, नेपाल भ्रमण बर्ष २०२० समन्यय समितीका सदस्यहरु, नेपाली समुदायका विभिन्न संघ सस्थाका प्रतिनिधिहरुको उल्लेख्य मात्रामा उपस्थिती रहेको थियो।

क्यानडाका लागी नेपाली राजदुत भृगु ढुङाना, गैर आबासिय नेपाली संघ क्यानडाका अध्यक्ष चिरञ्जीवी घिमिरे, एसिस्टेन्ट डेपियुटी मिनिस्टर फर एसिया पेशिफिक एट द ग्लोबलस अफेयर्स क्यानडाका पल थोप्पी  र क्क्यानडियन सासम्द चन्द्र आर्याले दिप प्रज्जलन गरि नेपाल बर्षको औपचारिक शुभकामना ब्यक्त गर्नुभयो ।

कार्यक्रममा अथितिहरुलाई स्वागत गर्दै महामहिम राजदुत भृगु ढुङानाले नेपाल सरकारले भ्रमण बर्षको लागि आबस्यक पुर्बाधार सम्पन्न गरि २० लाख पर्यटक भित्राउन तयार रहेको बताउदै क्यानडियनहरुलाई नेपाल भ्रमणको निमन्त्रणा दिनुभएको थियो।

यसै गरि गैर आबासिय नेपाली संघ क्यानडाका अध्यक्ष तथा नेपाल भ्रमण बर्ष २०२० को क्यानडा सम्योजक चिरञ्जीवी घिमिरेले सस्था तथा क्यानडामा बस्ने सम्पुर्ण नेपालिहरुको प्रतिनिधित्व गर्दै नेपाल सरकारले मनाउदै गरेको भ्रमण बर्ष सफलबनाउन नेपाल सरकार, राजदुताबास, नेपाली समुदायका संघ सस्थाहरु र एन आर एन ए क्यानडाले हातमा हात मिलाउदै विभिन्न कार्यक्रम मार्फत क्यानडियन समुदायमा प्रचार प्रसार गर्नुपर्ने र एन आर एन ए क्यानडाले विभिन्न कार्हक्रमहरु शुरु गरिसकेको बताउनु भयो। क्यानडियन मन्त्री पल थोप्पिले भ्रमण बर्ष सफल बनाउन आफुले सक्दो सहयोग गर्ने बताउनुभयो ।

सांसद चन्द्र आर्याले नेपाल भ्रमण बर्षको स्वागत गर्दै नेपालको बारेमा प्रकाश पार्नुभएको थियो । राजदुताबासका कर्मचारी प्रकाश अधिकारिले नेपालको पर्यटन स्थान तथा सुबिधाहरुको बारेमा स्लाईड शो मार्फत बताउनु भएको थियो।

हिमालयन भाईब्सको म्युजिक र स्थानिय कलाकारहरुको बेजोड नृत्यले सबैको मन मन्त्रमुग्ध पारेको थियो। कार्यक्रमा विभिन्न संघ सस्थाहरुको पदाधिकारिहरुको उल्लेख्य उपस्थिती रहेको थियो। टोरन्टोबाट बिदुर केसि, रमेश थापा, उत्तम श्रेष्ठ , सन्त राजभन्डारी, उत्तम मकाजु, फडिन्द्र श्रेष्ठ , बद्री तिमिल्सिना , कृण्ण पराजुली, नर बहादुर क्षेत्री, सुधिर पान्डे, ईश्वर खत्री, सानुरजा महर्जन, हरि लम्साल, रबिन्द्र घिमिरे, प्रदिप बास्कोटा, सन्जय अधिकारी ५०० किलोमिटरको यात्रागरी कार्यक्रममा पुग्नुभएकोले अटोवा राजदुताबास र नेपाली समुदायका प्रतिनिधि तथा जनसमुदायहरुमा उमङ छाएको थियो।

कार्यक्रममा अटोवाबाट सन्तोश बराल, रमेश बानिया, भानुभक्त आचार्य , डा. राजेन्द्र पराजुली तथा धेरै सामाजिक अगुवाहरुको उल्लेख्य सहयोग र सहभागिता रहेको कुरा बैदेशिक मामला हेर्ने अधिकृत प्रकाश अधिकारिले बताउनु भएको थियो।


प्रकाशित | २५ पुष २०७६, शुक्रबार १४:२८