आयरल्याण्डमा ‘नेपाल भ्रमण वर्ष २०२०’ को भब्य शुभारम्भ

आयरल्याण्ड : आयरल्याण्डमा ‘नेपाल भ्रमण वर्ष २०२०’ को शुभारम्भ गरिएको छ । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद आयरल्याण्ड र नेपाली राजदुताबास लण्डनको संयुक्त समन्वयमा टिचर्स क्लब, दुब्लिन, आयरल्याण्डमा आयोजित कार्यक्रमका बीच ‘नेपाल भ्रमण वर्ष २०२०’ भब्य शुभारम्भ गरिएको हो । कार्यक्रममा गैर आवासीय नेपालीहरुको बाक्लो सहभागिता थियो ।

कार्यक्रम नेपाली राजदुताबास लण्डनको तेस्रो सचिव तेजेन्द्र रेग्मीले उद्घाटन गार्नुभएको थियो । कार्यक्रममा आयरल्याण्डमा भएका भिभिन्न सँग सस्थाका प्रतिनिधि, ब्यवसायीहरु, कर्क, लिम्रिक, गल्वे, कार्ल तथा पोर्त्लिज़ लगायतका शहरहरु बाट सयौको संख्यामा उपस्थिति थियो । सो अवसरमा संघले क्षेत्रिय उपसंयोजक शुक्रराज न्यौपाने र केन्द्रीय सदस्य बिनोद कार्कीलाई बधाई तथा सम्मान गरिएको थियो ।

 कार्यक्रममा राजदुताबासबाट पाउने सम्पूर्ण सेवा सुबिधा लिन सजिलो होस् भनेर घुम्ती शिबिर को पनि व्यवस्था गरिएको थियो। कार्यक्रममा उपलब्ध घुम्ती शिबिर बाट आयरल्याण्डमा रहनु हुने धेरै नेपालीहरुले फाइदा लिनु भएको थियो।

रेग्मीले भन्नु भयो नेपाल सरकारको एक मात्र साझेदारी संस्था गैर आवासीय नेपाली संघ संग हरपल नेपाली राजदुताबासले सहकार्य गर्दै आएको बताउनुभयो । साथै उहाँले यसलाई आगामी दिनमा निरन्तरता दिर्दै भबिस्यमा अझै अर्को उचाइमा लैजानुपर्ने बताउनुभयो ।

संघका अध्यक्ष मिलन छन्त्यालले नेपाल पर्यटन बर्ष २०२० सफल पार्नको लागि आयरल्याण्डमा गरिने कार्य योजना प्रस्तुत गर्नु भएको थियो। कार्यक्रममा बोल्दै छन्त्यालले हामि जुन तौरतरिकाले विदेशमा रहे पनि आफ्नो मातृभूमि प्रति को स्नेह सम्झेर यस पर्यटन बर्षको प्रचारप्रसार मा संघले अगाडी सारेको कार्ययोजनालाई पूर्ण साथ् दिन अनुरोध गर्नु भएको थियो।

३१ डिसेम्बर २०१९, न्यु यियर एव मनाउन दुब्लिनमा जम्मा भएका लाखौ आइरिस तथा बिदेशीको अगाडी ‘नेपाल भ्रमण वर्ष २०२०’ को लोगो अंकित टोपी र ब्यानर बोकेर र्याली निकालिएको थियो।

‘नेपाल भ्रमण वर्ष २०२०’सफल पार्ने उदेश्यले राजदुताबास र संघ को संयुक्त छलफलमा २१ सदस्यीय नेपाल पर्यटन बर्ष २०२० मूल समितिको घोषणा पनि रेग्मीले भएको थियो। कार्यक्रमको अन्तमा उपस्थित हरेकले आफ्नो मनमा लागेका प्रश्नहरु सोध्न पाउन भनेर एक अन्तरक्रिया कार्यक्रमको व्यवस्था गरिएको थियो। संघका अध्यक्ष छन्त्याल र राजदुताबास सचिब रेग्मीले कार्यक्रममा उठेको विषयवस्तुप्रति जवाफ दिनुभएको थियो । कार्यक्रमम एनआरएनए आयरल्याण्ड अध्यक्ष मिलन छन्त्यालको सभापतित्वमा सम्पन्न भएको थियो ।

 


प्रकाशित | २३ पुष २०७६, बुधबार १८:०२